दुई लाख बढीले गरे शुल्क तिरेर कोरोना परीक्षण

काठमाडौं – नेपालमा दुई लाख बढी व्यक्तिले शुल्क तिरेर कोरोना भाइरसको परीक्षण गराएका छन्। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले हालसम्म दुई लाख ३१ हजार ४ सय ५ जना व्यक्तिले शुल्क तिरेर परीक्षण गरेको जानकारी गराएका हुन्।

हालसम्म कुल परीक्षण गर्नेको संख्या भने १३ लाख १४ हजार ७ सय ७९ पुगेको छ। मन्त्रालयका अनुसार अहिले देशभर ४१ वटा सरकारी र २१ वटा निजी प्रयोगशालाहरूले कोरोनाको पिसिआर परीक्षण गर्दै आएका छन्।

सरकारले सुरूमा सरकारी प्रयोगशालाहरूले मात्र परीक्षण गर्ने भने पनि पछि परीक्षणको चाप धान्न नसकेपछि निजी प्रयोगशालालाई पनि परीक्षण अनुमति दिएको थियो। यस्तै, सुरूमा स:शुल्क परीक्षणको अनुमति सरकारी प्रयोगशालाहरूलाई मात्र दिइएको थियो।

पछि निजी प्रयोगशालाहरूले पनि स:शुल्क परीक्षण गर्न पाउने माग गरेपछि मन्त्रालयले मापदण्ड तोकेर निजीलाई पनि स:शुल्क परीक्षणको अनुमति दिएको हो। अहिले भने संक्रमितहरूले सरकारी र निजी दुवै प्रयोगशालाबाट शुल्क तिरेर परीक्षण गर्ने गरेका छन्।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *