कृषिमन्त्रीलाई विद्यार्थी नेताको प्रश्न: वैकल्पिक विचार खोज्न सक्ने ठेकेदार खोज्न सक्नुहुन्न ?

काठमाडौ – कृषि तथा पशुपंक्षि मन्त्री घनश्याम भुसाललाई अनेरास्ववियूका नेता जिपी मैनालीले पार्टीलाई वैकल्पिक विचार दिन सक्ने नेतामा ठेकेदारको विकल्प किन नभएको भन्दै प्रश्न गरेका छन् ।

किसानले मल नपाएर हाहाकार भएपछि नेता मैनालीले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै किसानलाई मल उपलब्ध गराउन बैकल्पिक व्यवस्था गर्न किन नसकेको भन्दै आक्र्रोस पोखेका छन् ।
राजनीतिमा संघदेखि स्थनीयतहसम्म ठेकेदार नै ठेकेदारको हालिमुहाली भएको भन्दै मैनालीले ठेकेदारवीच डोजर प्रतिष्प्रधा भन्दै चर्को विरोध गरेका छन् । ‘संघीय संसद्मा नै ६ जना ठेकेदार साँसद, प्रदेशमा १८ र स्थानीय तहमा एक सय ८४ जनप्रतिनिधि ठेकेदार रहेछन । यीमध्ये ३८ जना स्थानीय तहकै प्रमुख १ वडा अध्यक्ष देखी सांसद सम्मका डोजरहरु बीच ठेक्कामा चर्को प्रतिशस्पर्धा छ ।’

मैनालीले फेसबुकमा लेख्दै भनेका छन् ‘हाम्रो लोकतन्त्रमा डोजर, नभएको, ठेक्का पट्टा नगर्ने र चुनावमा पैसाको खोलो बगाउन नसक्ने ब्यक्ति चुनावमा निर्वाचित हुनै नसक्ने तिर जाँदैछ।’ केहि अघि कृषि मन्त्री भुसालले यस लोकतन्त्रलाई ‘डोजर लोकतन्त्र’ भनेको स्मरण गराउँदै मैनालीले त्यस्ता ठेकेदारले सचिव सरुवा गर्ने मन्त्री फेर्ने धम्की दिने मात्र होइन पार्टी जोड्ने र पार्टी फोड्ने ल्याकत राख्ने बताएका छन् । ठेकेदार र डनसंग साईनो नजोडिएको दल र नेता पाउँनै मुस्किल भएको नेता मैनालीको तर्क छ । ‘डन र ठेकेदार सँग साइनो नभएको नजोडिएको कुनै दल, वा नेता पाउनै मुश्किल छ भन्ने बुझेपछि कृषी मन्त्रि र मन्त्रालयको काम ठेकेदारको संख्या गन्ने,धरौटी जफत गर्ने वा तिनको साइनो बुझ्ने मात्र हुन सक्दैन ।’

मैनालीले भनेका छन् ‘बरु तिनलाई ठेगान लगाएर कसरी र के गरेर मिल्छ ? अहिले जनतालाई अनिवार्य मल उपलब्ध गराइयोस ? सिंगो मन्त्रालय सँग एउटा होइन कयौं बैकल्पिक तयारीहरु हुनुपर्दैन र मन्त्री ज्यु ?’

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *