भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जीको ८४ वर्षको उमेरमा निधन

ऎजेन्सी : भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जीको ८४ वर्षको उमेरमा निधन भएको छ । स्वास्थ्य अवस्था बिग्रिएपछि दुई साताअघि उनलाई दिल्लीस्थित सैनिक अस्पतालमा भर्ना गरिएको थियो ।

साथै मुखर्जीमा कोरोनाभाइरसको संक्रमण समेत देखिएको थियो । मुखर्जीका छोरा अभिजितले भारतीय मिडियालाई जानकारी दिए अनुसार सोमबार अस्पतालमै उपचारको क्रममा उनको निधन भएको हो । केही दिनदेखि नै उनी कोमामा पुगेपछि स्वास्थ्य अवस्था खराब बन्दैगएको चिकित्सकहरुले बताउँदैआएका थिए ।

यसवाहेक उनी फोक्सो सम्बन्धी समस्यासँग पनि केही वर्षदेखि जुधिरहेका थिए । अभिजितले सोमबार दिउँसो आफ्नो ट्वीटरमा समेत बाबुको निधनबारे लेखेका छन् । मुखर्जी २०१२ देखि २०१७ सम्म भारतको राष्ट्रपतिको रुपमा शासन सत्तामा थिए ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *