सात बुँदे मागसहित सिटिइभिटिलाई अनेरास्ववियूको ज्ञापनपत्र

काठमाडौं – सत्तारुढ नेकपा निकट अनेरास्ववियूले प्राविधिक शिक्षा तथा ब्यवसासिक तालिम परिषद( सिटिइभिटी )मा सात वुंदे ज्ञापनपत्र पेश गरेकोे छ ।आज्ञ दिउँसो सानोठिमी स्थित सिटिइभिटीको केन्द्रीय कार्यालयमा सदस्य सचिव डा.पुष्परमण वाग्लेलाई अनेरास्ववियूको टोलीले ज्ञापनपत्र वुझाएको हो ।

ज्ञापनपत्रमा अवैधानिक ढंगले नियुक्त गरिएका उपाध्यक्ष नियुक्तिको निर्णय खारेज गर्नुपर्ने , टिएसएलसि र प्रमाणपत्र तहको रिजल्ट तत्काल प्रकाशित गरिनुपर्ने , चिकित्सा शिक्षा ऐन अनुसार टिएसएलसि फेजआउट प्रक्रिया अघि वढाउनपर्ने माग राखिएको अनेरास्ववियूका केन्द्रीय सदस्य सागर केसीले वताए।

अनेरास्ववियूले वर्गिकृत छात्रवृत्ति २० प्रतिशतले वृद्धि गर्नुपर्ने , भाद्र दोस्रो साता गर्ने भनिएको परीक्षा रुटिन सार्नुपर्ने , विद्यार्थीको निशुल्क कोरोनाको पिसिआर टेस्ट गर्नुपर्ने र कोरोना विमा गर्नुपर्ने माग समेत राखेको छ।आज वुझाइएको ज्ञापनपत्रमा अनेरास्ववियूका नेता बीरेन्द्र विष्ट र अजित कार्कीको संयुक्त हस्ताक्षर रहेको छ ।

ज्ञापनपत्र

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *