लकडाउन खुलेसँगै बढ्न थाले कोरोना संक्रमित, उपत्यकाका ४८ सहित ३११ जनामा संक्रमण पुष्टि

काठमाडौं – नेपालमा लकडाउन खुलेसँगै कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । मंगलबार नेपालमा ३११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा उपत्यकामा मात्रै ४८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मंगलबारको नियमित प्रेस ब्रिफिङमा काठमाडौंमा मात्रै ४८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको बताए ।

५ हजार ३२ जनामा परीक्षण गर्दा ३११ जनामा संक्रमण भेटिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । सक्रिय संक्रमितको संख्या ५ हजार ५ सय ३९ रहेको छ ।

 

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *