विद्यार्थीहरुको कोरोना बिमा गर्न अनेरास्ववियूको माग

काठमाडौ – सत्तारूढ नेकपा निकट अनेरास्ववियूले विद्यार्थीको कोराना विमा गर्न माग गरेको छ । आज अनेरास्ववियूको केन्द्रीय टोलीले त्रिभुवन विश्वविद्यालयका विद्यार्थीले स्वास्थ्य विमा बापत तिरेको रकमवाट सम्पुर्ण विद्यार्थीको कोराना विमा गर्न माग गरेको छ ।

त्रिभुवन विश्वविद्यालयका परिक्षा नियन्त्रक पुष्पराज जोशीलाई परीक्षा नियन्त्रण कार्यालय परिसर वल्खुमा ज्ञापनपत्र वुझाउंदै अनेरास्ववियूले सो माग गरेको हो। कोरोना महामारी , लकडाउन र बाढी पहिरोले विद्यार्थीहरुलाई आक्रान्त तुल्याएको अबस्थामा बिश्वबिद्यालयले निकालेको परिक्षा सम्बन्धि सुचना सम्बन्धमा आज अनेरास्ववियूका नेता पवन कार्की नेतृत्वको टोलीले ध्यानाकर्षण गराएको हो।

जीवनभन्दा परीक्षा ठूलो नहुने भएकोले विद्यार्थीको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी गरेर मात्र परीक्षा तालिका सार्वजनिक गर्न माग गरिएको अनेरास्ववियू नेता पवन कार्कीले वताए । त्रिविका परीक्षा नियन्त्रक जोशीले कोरोनाको परिस्थिति हेरेर मात्र परीक्षा तालिका सार्वजनिक गर्ने वताए ।

लामो दुरीका यातायातका साधन भाद्र १ गतेवाट मात्र खुल्ने भएकोले तत्काल परीक्षा गर्दा टाढाबाट आउने विद्यार्थीलाई मार पर्ने अनेरास्ववियूले जनाएको छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *