एकतालाई सुदृढ पार्न पार्टीलाइ बिधि र पद्धतिमा चलाउँ : नेता पुन

काठमाडौ – राष्ट्रिय युवासंघ नेपालका नेता जितेन्द्र पुनले पार्टीलाई बिधि र पद्धतिमा चलाउँदै नेपाली कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्याउनुपर्ने बताएका छन् ।

नेकपा भित्रको आन्तरिक विवाद उत्कर्षमा पुगिरहेको बेला पार्टीलाई एक ढिक्का वनाएर लैजान नेतृत्वलाई दवाव स्वरुप पार्टीको प्रादेशिक कार्यालय बुटवलमा युवा तथा विद्यार्थी संगठनमा आवद्ध युवा विद्यार्थीहरुद्वारा ज्ञापन पत्र बुझाउने क्रममा नेता पुनले जनवादी गायक जीवन शर्माको “सागर भेट्न जादैछ नदि सँगसँगै जाउ ! पानीमा खेल्ने माछि तिमि पौडी खेल्दै जाउ” भन्ने गितको स्मरण गराउँदै नेपाल कम्युनिस्ट पार्टीको यात्रा धेरै लामो रहेको र धेरै जनअपेक्षा पुरा गर्नुपर्ने भन्दै पार्टीलाई बिधि र पद्धतिमा चलाएर पार्टी एकतालाई मजबुत बनाउँदै नेपाली कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्याउनुपर्ने बताए । नेताहरू आन्तरिक विवादमा लागिरहँदा राष्ट्रिय राजनीतिमा धमिलो संकेत देखिएको भन्दै सबै एकजुट हुँदा मात्रै जनअपेक्षा पुरा गर्न सकिने र राष्ट्रियता बलियो हुने भन्दै नेतृत्वलाई मजबुत एकताको लागि अनुरोध गरे ।

कार्यक्रममा राष्ट्रिय युवासंघ नेपालका केन्द्रिय सदस्यहरू जितेन्द्र पुन, केयर शिङ, अगृम पुन , अखिल शाहि राजु गुरुङ, माधव बस्नेत, सरिता शिरिस, कृष्ण थापा र विद्यार्थी नेताहरु अमित खड्का, अनुप पोख्रेल, लक्ष्मी केसी, सम्झना घिमिरे, रुपेश पौडेल विष्णु खत्री लगायत उपस्थित भएका थिए ।नेताहरुको उपस्थित रहेको थियो ।

केही समयअघि बाट नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र आन्तरिक विवाद चुलिँदै गएको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलि सरकार र पार्टी संचालन गर्न असफल भएको भन्दै अर्का अध्यक्ष प्रचण्ड सहित माधव नेपाल झलनाथ खनाल समूहले दुबै पदबाट ओलिको राजीनामा मागिरहेका छन् भने ओलि कुनै पद नछाड्ने अडानमा छन् ।

शिर्ष तहमा विवाद चलिरहँदा पार्टीका अधिकांश नेता कार्यकर्ता भने पार्टी एकताको पक्षमा छन् । उनीहरुले पार्टी एकता मजबुत बनाउन भन्दै दिनहुँ नेताहरूलाई दबाब दिँदै आइरहेका छन् ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *