शैक्षिक दलालहरुको बिरुद्ध सडकमा आगो बाल्छौं – नेता मैनाली

काठमाडौ – सरकारको बजेट भाषणमा सरकारी विद्यालयहरुको गुणस्तर सुधार गर्न निजि विद्यालयलाइ जिम्मेवारी दिने बुँदा समेटिए सँगै त्यसको चर्को विरोध भइरहेको छ । यसैबीच सत्तारूढ नेकपाको भातृसंगठन अनेरास्ववियूका नेता जिपि मैनालीले उक्त निर्णय यथाशीघ्र फिर्ता नगरे शिक्षा क्षेत्रलाई माफियाहरुको पन्जाबाट मुक्त गर्न युवा विद्यार्थीहरुले सडकमा आगो बाल्ने चेतावनी दिएका छन् ।

अफ्रिकाको केन्याबाट शुरु भएर पाकिस्तान हुँदै भारत छिरेको सलहले भारतिय किसानका बालीहरु सखाप गरिराखेको प्रसंग जोड्दै नेता मैनालीले नेपालको शिक्षा क्षेत्रमा पनि सलहहरु सलबलाइरहेको र बाली नाश गर्ने सलह भगाउन ड्रम बजाउने, थाले ठटाउने र आगो बाले जस्तै अबिलम्ब निर्णय फिर्ता नभए ‘शैक्षिकसलह’ नियन्त्रणका निम्ति लाखौं युवाहरु आगो बाल्न, धुवाँ लगाउन र रशायन छर्न सडकमा उत्रने चेतावनी दिए ।

सरकारको पछिल्लो कदम सार्बजनिक शिक्षाको जरामै प्रहार भएको भन्दै नेता मैनालीले यो इतिहासमै अत्याधिक बहुमत प्राप्त कम्युनिस्ट अान्दोलन र यसको प्रस्ताबनाकै हुर्मत लिने काम भएको बताए । सबैभन्दा बिशाल बिध्यार्थी संगठन अनेरास्ववियूलाई जिस्क्याउने काम गरेर लाखौं अखिल नेता र कार्यकर्ताहरुलाई राज्यले तिघ्रा ठटाएर चुनौती दिएको भन्दै सामुदायिक र सार्वजनिक स्कुलको ब्यबस्थापन निजी स्कुल मातहत राख्न गरेको कोशिस बिरुद्ध विज्ञप्ति निकालेर अनेरास्ववियूले थाल ठटाउन शुरु गरिसकेको बताए ।

आजै अनेरास्ववियूले एक विज्ञप्ति जारी गर्दै बजेटमा समावेश सरकारी विद्यालयको गुणस्तर सुधारको जिम्मेवारी निजि विद्यालयलाइ दिने सम्बन्धि १६६ नम्बरको बुँदा यथाशीघ्र सच्याउन माग गरेको छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *