हुम्लाका स्वतन्त्र सांसद छक्क बहादुर लामाको छक्कापन्जा

काठमाडौ – हुम्ला स्थायी घर भइ अध्ययन तथा रोजगारीको सिलसिलामा उपत्यकामा रहेका नागरिकहरुलाइ हुम्ला पठाउने विषयमा विवाद हुँदा झडप भएको छ ।

हुम्ला जिल्लाबाट निर्वाचित स्वतन्त्र सांसद छक्क बहादुर लामाले आफू निकट ब्यक्तिहरुलाइ मात्रै खबर गरि कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानका डाक्टर मंगल रावललाई बोलाइ आफू निकटहरुको मात्रै पिसिआर परिक्षण गरि हुम्ला पठाउन खोजेपछि उत्पन्न विवादले झगडाको रुप लिएपछि प्रहरीले बौद्धस्थित निम्बा समाजको भवनमा पुगेर झगडालाई नियन्त्रणमा लिएको थियो । झडपमा ३ जना घाइते भएका छन् ।

वास्तविक पीडितलाई जानकारी नै नदिइ आफू निकट ब्यक्तिहरुलाइ मात्रै जिल्ला पठाउन खोजेपछि आफुहरुलाइ चित्त नबुझेर विरोध गरेको एक पीडित ब्यक्तिले ग्लोबल खबरलाई बताए । कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानका डाक्टर मंगल रावल कर्णाली प्रदेशका सामाजिक बिकासमन्त्री दल रावलका भाइ भएकाले सामाजिक बिकास मन्त्री को पनि संलग्नता रहेको आशंका रहेको उनले बताए । विश्व महामारीसँग जुधिरहेको बेला राजनीतिक स्वार्थ भन्दा माथि उठेर सहयोग गर्नुपर्ने बेलामा निर्वाचित जनप्रतिनिधि कै विभेदकारी ब्यवहार अस्वभाविक रहेको उनले बताए ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *