ईदबाट आपसी सद्भाव र एकता कायम राख्न प्रेरणा मिल्नेछ : सभामुख सापकोटा

काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले ईद पर्व मनाउनेक्रममा स्वास्थ्य सतर्कता अपनाउन सबैमा आग्रह गरेका छन् ।

ईदको शुभकामना सन्देश दिँदै सभामुख सापकोटाले भनेका छन्, ‘यो वर्ष नोभल कोरोना भाइरस (कोभिड–१९) का कारण अप्ठ्यारो स्थिति सृजना भएको छ । त्यो स्थितिलाई मध्यनजर गरी घरमै बसेर मनाउने निर्णय भएकोमा खुशी व्यक्त गर्दछु । परिस्थिति प्रतिकुुल रहेकोले पर्व मनाउने क्रममा स्वास्थ्य सतर्कता अपनाउनु हुन सबैमा आग्रह पनि गर्दछु ।’

ईद पर्वले आपसी सद्भाव, सहिष्णुता र भाइचाराको सन्देश दिने पनि उनले उल्लेख गरेका छन् । नेपालमा मनाइने यस्ता पर्वले एकता र आपसी सदभाव बढोत्तरी हुने विश्वास सभामुख सापकोटाको छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *