लकडाउन अझै कडा गर्न प्रधानमन्त्री ओलिको निर्देशन

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले मुलुकभर जारी लकडाउन अझै कडा गर्न निर्देशन दिएका छन् । आइतबार बसेको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री ओलीले लकडाउनका कारण नै कोरोना नियन्त्रणमा रहेको उल्लेख गर्दै पछिल्ला दिनमा लकडाउन उल्लंघनका घटना बढेको बताए ।

“हामीले गरेको लकडाउनका कारण नै कोरोना नियन्त्रणमा आएको हो,” प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, “लकडाउन अझै कडा गरौँ ।” उनले सीमा क्षेत्रमा र बाहिर पनि आवतजावतलाई कडाइ बनाउन गृह मन्त्रीलाई निर्देशन दिएका थिए ।

सीमाना र आवतजावतमा कडाइ गरेर शून्यमा झार्नू, प्रधानमन्त्रीको निर्देशन थियो । सरकारले आह्वान गरेको लकडाउन ४१ दिन पूरा भइसकेको छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *