नेकपाका केन्द्रिय सदस्य माधव सापकोटाको पहलमा हिउँमा फसेका मजदुरको सकुशल उद्धार

काठमाडौं – हिउँमा हराइरहेका सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–४ का सुरज लामाको नेकपाका केन्द्रिय सदस्य माधव सापकोटा सुबोध को पहलमा सकुसल उद्धार गरिएको छ ।

लामा गत वैशाख ६ गते रसुवाको रसुवागढी हाइड्रोपावरबाट पैदलै घर जानको लागि निस्किएका थिए । उनी निस्किएको भोलिपल्ट देखि नै सो क्षेत्रमा हिमपात सुरु भएकाले उनी एकाएक सम्पर्कविहीन भएका थिए । घर जाने बेलामा उनले बाटोमा खानको लागि भनेर केही सातु र सुत्नको लागि भनेर एउटा म्याट बोकेर हिँडेका थिए । तर, एकाएक हिउँ परेपछि उनी हिँड्ने बाटो पुरियो र उनी सम्पर्कविहीन भए ।

वैशाख १६ गते उद्धार गरिएका लामालाई अहिले हेलिकप्टरबाट उद्धार गरी काठमाडौंमा रहेको सिभिल अस्पतालको आकस्मिक कक्षमा उपचार गरिँदैछ । उनको उद्धारको लागि हेलिकप्टर लिएर गएका नेकपा केन्द्रीय सदस्य माधव सापकोटाले उनको स्वास्थ्य अहिले खतरामुक्त रहेको जानकारी दिए ।

उनलाई वैशाख १६ गते नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको सूर्यकुण्ड फेदीभन्ने ठाउँमा स्थानीयले भेटेपछि प्रहरीलाई खबर गरेका थिए त्यसपछि नेता सापकोटा हेलिकप्टर लिएर उद्धारका लागि पुगेका थिए।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *