बहुमत पुर्याउने कसरतमा प्रधानमन्त्री ओलि, बालुवाटारमा हस्ताक्षर अभियान

काठमाडौं – पार्टीभित्र बहुमतको रस्साकस्सी चलिरहेका बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले सांसदलाई हस्ताक्षर गराउन थालेका छन् ।

पार्टीभित्र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बहुतको लडाइँ चलिरहेका बेला प्रधानमन्त्री ओलीले संघीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदलाई हस्ताक्षर गराउन सुरु गरेका हुन् । बुधबार दिउँसोसम्ममा दुवै सदनका गरेर ६४ जना सांसदले हस्ताक्षर गरिसकेका छन् । ओलीले मन्त्रीहरुलाई भने पछिमात्र हस्ताक्षर गराउने तयारी गरेका छन् ।

स्रोतका अनुसार अहिलेसमेत हस्ताक्षरका लागि सांसदहरु बालुवाटार जाने क्रमम चलिरहेको छ । पार्टीभित्र अध्यक्ष प्रचण्डसहित दुई वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालले साथ नदिएसँगै ओली अल्पमतमा परेका छन् । ९ सदस्यीय सचिवालयमा ६ जनाले उपाध्यक्ष वामदेव गौतम निवासमा छलफल गरेपछि ओली पार्टीभित्र अल्पमतमा परेका हुन् ।
ओलीले बुधबार साँझ ५ बजेको सचिवालय बैठकमा आफ्नो पक्षमा बहुमत देखाउन सांसादलाई हस्ताक्षर गराउन सुरु गरेको स्रोतको दाबी छ । आन्तरिक विवाद र पछिल्लो घटनाक्रमको विषयमा छलफलका लागि साँझ ५ बजेका लागि सचिवालय बैठक बोलाइएको छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *