लकडाउनमा पनि उपत्यका छाड्नेको लर्को

काठमाडौ – लकडाउन भएको २९ दिनपछि काठमाडौंको जडीबुटी र भक्तपुरको लोकन्थलीमा जम्मा भएका १५ सयभन्दा धेरै यात्रु मंगलबार राति आ–आफ्नो घर फर्केका छन् । प्रहरीले राति ८ बजेतिर सडकमा रोकिएका बसलाई जाने अनुमति दिएको हो ।

काठमाडौंमा विभिन्न पेसा र व्यवसाय गरी बसेका नागरिकलाई घर लैजान स्थानीय तहको अघोषित आह्वानपछि भक्तपुर र काठमाडौंको सीमानाका जडीबुटी तथा लोकन्थलीआसपासका क्षेत्रमा यात्रुको भिड लागेको थियो । भिडमा महिना दिनको शिशु बोकेका सुत्केरी महिलादेखि ८० वर्षे वृद्धवृद्धासम्म थिए । झोला बोकेर घर जाने प्रतीक्षामा रहेका उनीहरूमध्ये कमैको मुखमा मात्र मास्क थियो । सामाजिक दूरी पूर्ण रूपमा उल्लंघन भएको देखियो । रोग संक्रमण हुने भयपछि भिड नियन्त्रण गर्न प्रहरीले पटक–पटक माइकिङ गरेको थियो । तर, त्यसप्रति कसैले वास्ता गरेको देखिएन ।

सडकका दुवै किनारामा यात्रुवाहक बस पार्क गरिएका थिए । तीमध्ये कति यात्रुले भरिएका थिए, तर प्रहरीले कुनै बसलाई पनि जान अनुमति दिएको थिएन । यहीवेला अचानक परेको पानीले भिडलाई तितरबितर बनाएको थियो । झरी छल्न केही यात्रु सडक किनारकै घरको आडमा बस्न पुगेका थिए । केही भने रुझेरै सडकमा उभिएका थिए ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *