अमेरिकामा कोरोना संक्रमितको संख्या ४ लाख पुग्यो, एकै दिन १९०० को मृत्यु

अमेरिका – कोरोना भाइरस(कोभिड-१९) को नयाँ इपीसेन्टर बनेको अमेरिकामा संक्रमितको संख्या चार लाख पुगेको छ। विश्व स्वास्थ्य संगठन, जोन हप्किन्स यूनिभसिर्टी लगायतको तथ्याङक अनुसार अमेरिकामा हालसम्म ४ लाख संक्रमित छन्।

अमेरिकामा कोभिड-१९ भाइरसका कारण ज्यान गुमाउनेको संख्या करिब १३ हजार पुगेको छ। यस्तै अमेरिकाको सबै भन्दा बढी प्रभावित राज्य न्यूयोर्कमा हालसम्म १ लाख ३९ हजार भन्दा बढी संक्रमित छन्, भने यस राज्यमा मात्रै ५ हजार ४ सय ८९ जनाले ज्यान गुमाउनु परेको छ।

अमेरिकामा मंगलबार मात्रै ३१ हजार भन्दा बढी नयाँ संक्रमित थपिए।  भने १९४२ जनाले ज्यान गुमाए। न्यूयोर्कपछी बढी प्रभावित राज्य न्यूजर्सी राज्यमा हालसम्म ४४ हजार ४ सय १६ जना संक्रमित भएको र १२ सय ३२ जनाको ज्यान गएको छ।

यस्तै मिचिगनमा १८ हजार, क्यालिर्फोनियामा १७ हजार, लुजिआनामा १६ हजार, फ्लोरिडामा १४ हजार, पेन्सलभेनियामा १४ हजार इलियोनोसमा १३ हजार टेक्सामा ९ हजार बढी संक्रमित छन्। अमेरिकाका सबै राज्यमा संक्रमित र मृतकको संख्या बढ्दो छ।

अमेरिकी सरकारले भाइरसको चेकजाँच तीब्र रुपमा भएकाले संक्रमितको संख्या धेरै देखिएको दाबी गरेको छ। सरकारका अनुसार अमेरिकामा २० लाख भन्दा बढीको परीक्षण गरिएको छ। यहाँ हालसम्म २२ भन्दा धेरैको सफल उपचार गरिएको छ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *