अन्तर्राष्ट्रिय उडान वैशाख १८ गतेसम्म बन्द

काठमाडौं – सरकारले वैशाख १८ गतेसम्म अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको छ। मंगलबार बसेको कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथाम तथा नियन्त्रण समन्वय समितिले अन्तर्राष्ट्रिय उडान  वैशाख १८ अर्थात् अप्रिल ३० तारिखसम्म बन्द गर्ने निर्णय गरेको हो।

समिति बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण विडारीका अनुसार वैशाख १८ गतेसम्म अन्तर्राष्ट्रिय उडान स्थगित गर्ने निर्णय भएको हो।

यसअघि सरकारले वैशाख ३ गतेसम्म अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको थियो। मंगलबार थप १५ दिन अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको विडारीले जानकारी दिएका हुन् । बैठकले आन्तरिक उडानको विषयमा भने केही निर्णय नगरेको सविच विडारीले बताए।

समिति बैठकमा लकडाउनको प्रभावमा परेका एक लाख १४ हजार तीन सय १६ परिवारलाई राहत वितरण रहेको विषयमा छलफल भएको छ। लकडाउन उलंघन गर्ने २६ सय व्यक्तिलाई कारबाही  गरेर छोडिएको जानकारीसमेत विडारीले दिए।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *