कोरोना संक्रमण : स्पेनमा मृत्यु हुनेको संख्या चिनको भन्दा बढी पुग्यो

म्याड्रिड – कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट बुधबार दिउँसोसम्म स्पेनमा ३ हजार ४ सय ३४ जनाको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमणबाट इटालीपछि सबैभन्दा धेरै स्पेनमा भएको छ ।

मंगलबार मात्रै स्पेनमा मृत्यु हुनेको संख्या २७ प्रतिशतले बढेको छ । मंगलबार स्पेनमा थप ४ सय ४३ जनाको मृत्यु भएको छ भने थप ५ हजार ५ सय ५२ जनामा संक्रमण देखिएको छ । स्पेनमा ४७ हजार ६ सय १० जना संक्रमित छन् भने तीमध्ये ५ हजार ३ सय ६७ जना निको भएका छन् ।

त्यस्तै कोभिड–१९ को संक्रमणबाट इटालीमा मृत्यु हुनेको संख्या करिब ७ हजार पुगेको छ । मंगलबार मात्रै इटालीमा कोभिड–१९ को संक्रमणबाट ७ सय ४३ जनाको मृत्यु भएको छ । यसअघि इटालीमा गत शनिबार एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी ७ सय ९३ जनाको मृत्यु भएको थियो। सोमबार भने इटालीमा ६ सय २ जनाको मृत्यु भएको थियो।

बुधबार दिउँसोसम्म इटालीमा कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार ८ सय २० पुगेको छ। त्यस्तै इटालीमा ६९ हजार १ सय ७६ जना संक्रमित भएका छन् । इटालीमा करिब ८ हजार संक्रमित निको भएका छन्। त्यस्तै संक्रमणको हिसाबले चीन र इटालीपछि तेस्रो नम्बरमा रहेको अमेरिकामा बुधबार दिउँसोसम्म ७ सय ८४ जनाको मृत्यु भएको छ। अमेरिकामा संक्रमितको संख्या ५४ हजार ९ सय ६८ पुगेको छ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *