कोरोनाका विरुद्ध जनताको रक्षाका लागि युवा विद्यार्थी स्वयंसेवक बन्न तयार होऔं: नेता कार्की

काठमाडौ – सत्तारूढ नेकपाको विद्यार्थी संगठन अनेरास्ववियूका नेता पवन कार्कीले मजदुर र किसान लगाएतका श्रमजीवीहरुलाइ सरकारले राहत तथा ब्यवस्थापन गर्नुपर्ने बताएका छन् ।

कोरोना भाइरस को महामारीमा घरमै बसेर सरकारले गरेको लकडाउन को पालना गरि सरकारको आग्रहलाई जनस्तरबाट राम्रो साथ रहनु राम्रो कुरा रहेको तर यो बिचमा गरिखाने मजदुर, किसान जोसँग दैनिक उपभोग्य सामानहरुको पनि मौज्दात हुदैन दिनभरिको श्रम बाट कमाएको रकमबाट बिहान बेलुकाको छाक टार्नु पर्ने हुन्छ उनीहरुलाई समस्या परेको भन्दै नेता कार्कीले यथाशीघ्र उनिहरुको दैनिक जीवनयापन को ब्यबस्थापनका लागि केही राहतको निर्णय लिनु जरुरी रहेको बताए ।

त्यस्तै नेता कार्कीले कोरोनाको परिक्षण गर्ने र गराउने कुरामा निजि हस्पिटलहरुको व्यबहार प्रति आपत्ति जनाए । सामान्य रुघाखोकी र ज्वरो आएका बिरामी समेत सरकारी हस्पिटल रिफर गर्ने र सामान्य रुघाखोकी लागेका बिरामीहरुलाई आफ्नो हस्पिटलमा राख्नै नमान्ने निजि अस्पतालहरुको व्यबहार अस्वीकार्य रहेको बताए । देशमा संकटको सामना गरिरहेको बेलामा पनि आफ्नो व्यावसायिक फाईदा मात्र हेर्ने निजि अस्पतालहरुलाई राज्यले आफ्नो नियन्त्रणमा लिइ उक्त हस्पिटलहरुमा तत्काल क्वारेन्टाइन र आइसोलेशन वार्ड संचालन गर्ने साथै देशभरका ठुला अस्पताल र प्रदेश ,जिल्ला र स्थानीय तहहरुमा पनि क्वारेन्टाइन ,आइसोलेशन वार्ड आवश्यक उपकरण र चिकित्सक को ब्यबस्थापन अत्यावश्यक रहेको बताए ।

आम युवा विद्यार्थी लगाएत सचेत नागरिकले कोरोना विरुद्ध आफू पनि बच्ने अरुलाई पनि बचाउने संगसगै श्रमजीवी बर्गको रक्षा , क्वारेन्टाइन र आइसोलेशनहरुको ब्यबस्थापन, निजि हस्पिटल र कालाबजारियाहरुको अनुगमन, दैनिक उपभोग्य सामाग्रीहरुको सहजताका लागि स्वयंसेवक को रुपमा सरकारलाई साथ दिन आव्हान गरे ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *