संघीय संसदमा कोरोना सतर्कता: अब सभामुखले हात नमिलाउने

काठमाडौं – विश्वमा कोरोना भाइरसको संक्रमण फैलिरहेका बेला यसको जोखिमबाट सर्तक रहन सभामुखले अब हात नमिलाउने भएका छन् ।

सभामुखका प्रेस सल्लाहाकार श्रीधर न्यौपानेले कोरोना भाइरसबाट सावधानी अपनाउन संसदमा हात नमिलाउने अभियान थालेको र सभामुख सापकोटाले पनि हात नमिलाउन सुझाव दिइएको बताए ।सभामुख सापकोटालाई भेट्न जानेहरुलाई भेट्नुपूर्व हात सफा गर्ने केमिकल स्यानीटाइजर लगाउने गरिएको छ । नमस्कार गर्ने र सकभर हात नमिलाउन सुझाव दिइएको छ । प्रेस सल्लाहाकार न्यौपानेले भने– ‘हात मिलाउने राम्रो कुरा हो तर स्वास्थ्यको हिसाबले हेर्दाखेरी यो विषयलाई ख्याल गरौं भनिएको छ । उहाँ पनि स्यानिटाइजर प्रयोग गरेर मात्र जानुहुन्छ । बाक्लो भेला भएको कार्यक्रममा नजाने पनि कुरा भइहाल्यो ।’

संघीय संसद अन्र्तगत रहेको स्वास्थ्य इकाईले मन्त्री सांसद भेला हुने ठाउँमा स्यानीटाइजर राखेको छ । तर कतिपय संसदीय समितिमा भने स्यानिटाइजर राखिएको छैन । चीनबाट फैलिएको कोरोना भाइरससँग लड्ने समूहको नेतृत्व गरेका इरानका स्वास्थ्य उपमन्त्री स्वयं कोरोना भाइरसको शिकार भएका छन् । चीनमा पनि उच्च पदस्थ पदाधिकारी यो भाइरसको शिकार भएका छन् । सिंहदरबार भित्रका सरकारी कार्यालयमा स्यानिटाइजरलाई अहिले कोरोनाबाट सावधानी अपनाउने एकमात्र उपाय मानिएको छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *