कोरोना संक्रमण : भ्रम र यथार्थता

काठमाडौ – नेपालमा कोरोना भाइरसका कारण पछिल्ला दिनहरूमा जनमानसमा त्रास बढेको छ । कतिपयमा संक्रमणबारे भ्रम समेत रहेको छ ।

कोरोना संक्रमण सम्बन्धि यथार्थता यस्तो छ 

१. अल्कोहल खाए कोरोना भाइरस सर्दैन भन्ने पूर्णतया गलत हो । अल्कोहल कन्टेन्ट ह्याण्ड-वास भनेको रक्सीले हात धुने हैन, स्पिरिट मिसिएको कपासले हात सफा गर्ने हो । कोरोना संक्रमित व्यक्तिले अल्कोहल खाएमा झनै खतरा हुन्छ ।
२. कोरोना भाइरस घरपालुवा जनाबारबाट सर्दैन ।
३. कोरोना भाइरस हावामा उडेर टाढाको मान्छेलाई सर्दैन । बढीमा ३ मिटरको दुरीमा रहेको कोरोना संक्रमण बिरामीले खोकेमा, छ्युँ गरेमा ड्रपलेटबाट सर्न सक्छ । बिरामीका सामान तथा बिरामीले छोएको ठाउँबाट पनि सर्न सक्छ ।
४. कोरोना सर्दैमा मृत्यु हुँदैन, धेरै जनालाई त कोरोना सरेर आफैं निको भएको पनि हुन्छ र १०० जनालाई कोरोना संक्रमण भएमा १-२ जनाको मात्र मृत्यु हुन्छ ।
५. कोरोना संक्रमणले बुढाबुढी र अन्य दीर्घरोगी सबैको मृत्यु हुने हैन । यो जोखिम समुहले बिशेष ख्याल गर्नुपर्छ । जुनसुकै उमेरको व्यक्तिलाई पनि जोखिम हुनसक्छ ।
६. मास्कले कोरोना संक्रमण रोक्न सक्दैन । सिधै सर्नबाट केहि बचाउने काम भने गर्दछ ।
७. चिनियासँग भेट्दैमा, चिनिया सामान प्रयोग गर्दैमा तथा चाइनिज खाना खाँदैमा कोरोना सर्दैन ।
८. बोर्डर सिल गर्दैमा कोरोना सर्दैन भन्ने ग्यारेन्टी हुँदैन ।
९. कोरोना बियर वा कोरोना व्हिस्की खाएर कोरोना संक्रमण निको हुँदैन, त्यो केवल नाम मात्र मिलेको हो, कोरोना स्कुल जस्तै ।
१०. एन्टिबायोटिकले कोरोना भाइरसलाई मार्न सक्दैन । यसको लागि प्रभावकारी एन्टी भाइरल औषधिको आवश्यकता हुन्छ ।
११. कोरोना भाइरस ल्याबमा बिकास गरेको हैन ।
१२. बाफले हात सुकाएर कोरोना भाइरस मर्दैन ।
१३. शरीरभरी अल्कोहल, क्लोरिन जस्ता केमिकल छर्दैमा कोरोना नसर्ने भन्ने हुँदैन ।
१४. बिश्व बजारमा आएको मिराकल मिनरल वाटर पिएर कोरोनाबाट बचिन्छ भन्ने भ्रम मात्र हो ।
१५. लसुन, अदुवा, टिमुर वा बेसार खाँदैमा कोरोना नसर्ने भन्ने हुँदैन ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *