एसिया ११ मा एसोसिएट राष्ट्रबाट सन्दीप लामिछाने

काठमाडौं – एसिया ११ मा आईसीसी एसोसिएट राष्ट्रबाट नेपाली क्रिकेटर सन्दीप लामिछाने छनोट भएका छन्। बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)ले आयोजना गर्ने वर्ल्ड ११ र एसिया ११ बीच दुई टी-२० म्याच खेलाउँदै छ।

बीसीबीले बंगलादेशका संस्थापक शेख मुजीवको १०० औं जन्मजयन्तीको अवसरमा मार्च १८ र २१ तारिखमा यो म्याच खेलाउँदै छ।

एसिया ११ मा नेपालबाट सन्दीप छनोट भएका हुन् भने भारतबाट विराट कोहली, केएल राहुल, शिखर धवन, ऋषभ पन्त, रासिद खानलगायत ६ खेलाडी परेका छन्। यो खेलमा
विराटले खेल्ने निश्चित भएको छैन भने केएलले खेल्ने निश्चित भइसकेको छ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *