दिल्ली विधान सभा निर्वाचन : ५८ प्रतिशत मत खस्यो, आम आदमिको बहुमत आउने प्रारम्भिक अनुमान

नयाँदिल्ली – नयाँ दिल्लीमा विधान सभाका लागि भएको निर्वाचनमा ५८ प्रतिशत मत खसेको छ । अघिल्लो चुनावको तुलनामा यो पटक १० प्रतिशत कम मतदान भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । कुल ७० सदस्यको दिल्ली विधानसभाका लागि मतदान भएको हो ।

दिल्लीबाट राष्ट्रपति रामनाथ कोविन्द, पूर्व उपराष्ट्रपति हामिद अन्सारी, पूर्व प्रधानमन्त्री मनमोहन सिंह, दिल्ली उपराज्यपाल अनिल बैजल, मुख्यमन्त्री अरविन्द केजरीवाल, काङ्ग्रेस अध्यक्ष सोनिया गान्धी, भाजपा नेता लालकृष्ण आडवाणी र केन्द्रीय मन्त्री हर्षवर्धन र एस जयशंकरले शनिबार मतदानमा सहभागिता जनाएका छन् । कांग्रेस नेता राहुल गान्धी र प्रियङ्का गान्धी वाड्राले पनि दिल्लीबाट मतदान गरेका छन् ।

दिल्ली विधान सभाका लागि  एक करोड ४० लाख मतदाता रहेका थिए । जसमध्ये ८१ लाख पाँच हजार २३६ पुरूष र ६६ लाख ८० हजार २७७ महिला मतदाता र ८६९ तेस्रो लिङ्गी मतदाता रहेकोमा ५८ प्रतिशत मात्रै मत खसेको हो । भारतीय सञ्चारमाध्यमले आपले ह्याट्रिक गर्ने आँकलन गरेका छन् । आपले ४४ देखि ५० र  बीजेपीले २० देखि २६ सिट जित्ने काँकलन गरिएको छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *