बालुवाटार जग्गा प्रकरण : यसो भन्छन् नेकपाका युवा नेताहरू

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेताहरूले ललिता निवास प्रकरणमा आफ्ना धारणा व्यक्त गरिरहेका छन् ।

नेकपा केन्द्रीय सदस्य तथा सांसद रामकुमारी झाक्रीले सामाजिक संजाल फेसबुकमा स्ट्याटस लेख्दै “ब्यक्तिको नालायकिले संस्था बदनाम गर्दा प्रणाली के हुन्छ कसैलाई हेक्का छ” भनेर प्रश्न उठाएकी छन् ।

त्यस्तै नेकपाका युवा नेता रमेश मल्लले “भ्रष्टाचार जस्तो कुकर्मको पछाडी दौड्नु पर्ने राजनीतिक विवशता देख्दा लाज लागेर आएको बताएका छन् । के काङ्ग्रेस के कम्युनिस्ट कम्तिमा यो लज्जाको विषयलाई लल्कार्ने हिम्मत त गरौं न हो” । नेता मल्लले फेसबुकमा लेखेका छन् ।

ललिता निवास प्रकरणमा नेविसंघको आन्दोलन प्रति लक्षित गर्दै अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले “हामी प्रतिस्पर्धी समेतले विघटित नेविसंघ चाहियो भनेको त विद्यार्थी आन्दोलन र स्ववियुको पुनर्जागरणका लागि हो, वौरिएको नेविसंघ त भ्रष्टाचार महारथीहरुको जयजयकारको जुलुस लाउन पो थालेछ” भन्दै व्यङ्ग्य गरेका छन् । त्यस्तै नेविसंघ प्रति नै व्यङ्ग्य गर्दै विद्यार्थी नेता तिलकराज भण्डारीले “नवगठित नेविसंघकाे पहिलाे सडक अान्दाेलन भ्रष्टाचारकाे पक्षमा ! याे राम्राे सुरुवात हाेईन” भनेर लेखेका छन् ।

त्यस्तै अर्का विद्यार्थी नेता उत्तम अधिकारिले “अख्तियार चुप, काग्रेंस चुप! अख्तियार सक्रिय, काग्रेंस पनि सक्रिय!! अख्तियार र काग्रेंसको नाता माछी र पानी जस्तै” भन्दै व्यङ्ग्य गरेका छन् । अनेरास्ववियूकै अर्का नेता इन्द्र भुषालले “भ्रष्टाचारी जुनसुकै पार्टीको भएनी सजाए पाउनु पर्ने भन्दै यो , त्यो बहानामा छुट हुन हुुन्न” भनेर लेखेका छन् ।

ललिता निवास प्रकरण बारे नै अनेरास्ववियूका नेता जिपि मैनालीले “विपी, गणेशमान र किसुनजीहरुले बनाएको राजनितिक‍ो गौरबपुर्ण बिगत जोगाउने कि अालम र गच्छदारहरुको वर्तमान इतिहासले काँग्रेसका तन्नेरीहरुलाई फेरि एकपटक परीक्षा लिन खोजिरहेको छ” भनेर लेखेका छन् ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *