बालुवाटार जग्गा प्रकरण : गच्छदारविरुद्ध ९ करोड बिगो

काठमाडौं – बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १७५ विरुद्ध मुद्दा दायर गरेको छ । बुधबार अख्तियारले बिचौलीयादेखि पूर्वमन्त्रीसहित १७५ विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

अख्तियारले पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारविरुद्ध ९ करोड ६५ लाख ७६ हजार बिगो दाबी गरेको छ । उनीमाथि भ्रष्टाचार निवारण ऐन २०५९  बमोजिम सजाय हुनेछ ।

अख्तियारले मुद्दा दायार गर्ने सूचीमा  तत्कालीन भौतिक योजनामन्त्री विजयकुमार गच्छदार, अख्तियारका पूर्वप्रमुख आयुक्त एवं तत्कालीन भौतिक पूर्वाधारसचिव दिपकुमार बन्स्यात, तत्कालीन भूमिसुधार मन्‍त्रीद्वय डम्बर श्रेष्ठ र चन्द्रदेव जोशी, तत्कालीन सचिव छवि पन्तलगायतका उच्च अधिकारी र कर्मचारी रहेका छन्। अनुसन्धान पुरा भएपछि बुधबार नै अख्तियारको टोली अदालत पुगेर अभियोगपत्र दर्ता गरेको हो।

सरकारले अधिग्रहण गरेको १ सय १२ रोपनी जग्गा व्यक्तिको नाममा दर्ता गरी हिनामिना गरेको अभियोगमा अख्तियारले मुद्दा दायार गरेको हो। तत्कालीन मन्‍त्री, सचिव, संलग्‍न कर्मचारीसहित १७५ जनाविरुद्ध मुद्दा दायर भएको हो । अख्तियारले छानबिनको क्रममा डेढ सयभन्दा बढी व्यक्तिसँग बयान लिएको थियो।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *