कोरोना भाइरस संक्रमणको जोखिममा नेपाल, थप एकजना संक्रमित भेटियो

काठमाडौं – नेपालमा फेरि थप एक जनामा कोरोना भाइरसको संक्रमण भेटिएको प्रमाणित भएको छ । नोबेल कोरोना भाइरसको शंकामा स्याम्पल परीक्षणका लागि हङकङ पठाइएका २ जनामध्ये एक जनामा सो भाइरसको संक्रमण भएको प्रमाणित भएको हो ।

यसअघि एकजनामा सो भाइरसको संक्रमण भएको पुष्टि भएको थियो । ल्याब टेष्टका लागि हङकङ पठाइएको स्याम्पल रिपोर्टमा नोबेल कोरोना भाइरस देखिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ । योसहित नेपालमा २ जनामा सो भाइरसको संक्रमण भएको पुष्टि भएको छ ।

दोश्रोपटक स्याम्पल परीक्षण गर्न  २ बिरामीलाई पठाइएको थियो ।  शंका गरिएकामध्ये  एक जनामा कोरोना भाइरस संक्रमण भएको अस्पताल स्रोतले जनाएको छ ।  संक्रमण नदेखिएपछि एक जनालाई भने डिस्चार्ज गरिएको छ । संक्रमितलाई अस्पतालको आईसोलेशन वार्डमा राखेर उपचार भइरहेको छ ।

चीनको हुवानबाट सुरु भएको सो भाइरसको संक्रमणबाट त्यहाँ  हालसम्म ८१ जनाको ज्यान गइसकेको छ । करिब २ हजार ७ सय ४३ जनामा कोरोनाको संक्रमण देखिएको छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *