अनेरास्ववियू केन्द्रिय सदस्यमा सिन्धुपाल्चोकबाट रन्जित आचार्य मनोनित

चौतारा – नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) भातृ संगठन अनेरास्ववियूले लामो रस्साकस्सी पछि केन्द्रिय कमिटीलाई पुर्णता दिएको छ ।

लामो समयपछि गठित ३५५ सदस्यीय केन्द्रिय कमिटीमा सिन्धुपाल्चोक बाट रन्जित आचार्य मनोनित भएका छन् । बिद्यालय तहदेखि नै तत्कालीन माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी बाट राजनीतिक जीवन सुरु गरेका आचार्य तत्कालीन अनेरास्ववियू क्रान्तिकारी मा पनि केन्द्रिय सदस्यको जिम्मेवारीमा थिए ।

जनयुद्धको सुरुवाती चरणमा जन्मिएका आचार्य को सिंगो परिवार जनयुद्धमा भुमिगत भएकाले क्रान्ति र आन्दोलन बारे सानैदेखि प्रभाव थियो। २०६३ देखि औपचारिक रूपमा विद्यार्थी राजनीतिमा सहभागी भएका आचार्य २०६९ मा अखिल क्रान्तिकारी सिन्धुपाल्चोकको कोषाध्यक्ष , केन्द्रिय प्रतिनिधी, २०औं राष्ट्रिय सम्मेलनबाट प्रदेश सदस्य र एकता पछिको केन्द्रिय सम्मेलन आयोजक समिति सदस्य हुँदै २१औं राष्ट्रिय सम्मेलन बाट केन्द्रिय सदस्य मा मनोनित भएका थिए ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *