देशका विभिन्न ठाउँमा पानी र हिउँ पर्ने सम्भावना, सावधानी अपनाउन माैसमविद्काे सुझाव

काठमाण्डाै – शुक्रबार पनि देशका विभिन्न ठाउँमा पानी र हिउँ पर्ने सम्भावना रहेकाले सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

विशेषगरी मध्य र पूर्वका उच्च पहाडी तथा हिमाली भेगमा हिउँ र अन्य ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् विभुति पोख्रेलले जानकारी दिनुभयो । पश्चिमी वायुको प्रभाव आज यी ठाउँमा धेरै पर्ने सम्भावना रहेको उहाँको भनाइ छ ।

पश्चिमी वायुको प्रभाव आज पश्चिमी क्षेत्रमा भने कम हुने सम्भावना छ । आज दिउँसो काठमाण्डाैसहित देशका पूर्वी र मध्य क्षेत्रमा सामान्य पानी पर्ने सम्भावना भए पनि बेलुका चार/पाँच बजेपछि उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिउँ पर्ने र अरु ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेकाे उहाँले बताउनुभयो ।

शनिबार आजको तुलनामा पश्चिमी वायुको प्रभाव कम हुने भए पनि उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात र पहाडी भेगमा हल्का वर्षाको सम्भावना छ ।

अहिले बिहान पौने ६ बजेको काठमाण्डाैकाे तापक्रम ५ डिग्री सेल्सियस मापन गरिएको छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *