प्रधानमन्त्री ओली डायलासिसका लागि अस्पतालमा

काठमाडौ – प्रधानमन्त्री केपी ओलीलाई नियमित डायलासिसका लागि महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर सेन्टरमा लगिएको छ ।  प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओली नियमित डायलासिसका लागि विहीबार अस्पताल गएका हुन् ।

प्रधानमन्त्री ओलीको मिर्गौलाको कार्यक्षमतामा ह्रास आएपछि नियमित डायलासिस गरिदै आएको छ ।  प्रधानमन्त्री ओलीको कात्तिक १३ गते पहिलो पटक डायलायसिस गरिएको थियो । ०६४ सालमा ओलीको भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसयता उनले औषधि सेवन गर्दै आएका छन् ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *