सुनसरीमा एम्बुलेन्स र ट्रक ठोक्किँदा सात जनाको मृत्यु

विराटनगर – विराटनगरबाट शव बोकेर उदयपुरतर्फ गइरहेको एम्बुलेन्स र ट्रक आपसमा ठोक्किँदा एम्बुलेन्समा त्यसमा सवार सात जनाको मृत्यु भएको छ ।

विराटनगरको गोल्डेन अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी विशमाया राईको शव बोकेर उदयपुर जाँदै गरेको ना १ च ९३६४ नम्बरको एम्बुलेन्स र ना २ ख ९०८२ नम्बरको ट्रक कोसी गाउँपालिकाको हरिपुरमा ठोक्किएर दुर्घटना भएको हो । सुनसरीको प्रहरी प्रवक्ता डीएसपी विनोद शर्माले दुर्घटनाको पुष्टि गर्दै सात जनाको ज्यान गएको बताए ।

दुर्घटनामा ज्यान गुमाउनेमा वर्ष ३४ को दुर्गाधन राई, २८ का टेकेन्द्र राई, ५० को तुलबहादुर राई, वर्ष ३१ को दिनेश राई र वर्ष ३५ मुकेश राई छन् । त्यस्तै एम्बुलेन्स चालक राजेश दनुवारको पनि मृत्यु भएको छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *