अनावश्यक शुल्क बढाएको भन्दै त्रिचन्द्र कलेजका क्याम्पस प्रमुखमाथि कुटपिट

काठमाडौं – त्रिचन्द्र कलेज घण्टाघरका क्याम्पस प्रमुख प्रदीपबहादुर न्यौपानेलाई विद्यार्थीले कुटपिट गरेका छन् । विज्ञान स‌ंकायको शुल्क बृद्धि फिर्ता नगरेको भन्दै नेकपा निकट अनेरास्ववियूका विद्यार्थीले सोमबार बिहान कुटेका हुन् ।

न्यौपानेलाई प्रहरीले उद्धार गरेर उपचारका लागी वीर अस्पतालमा लगिएको काठमाडौं प्रहरी प्रमुख एवंम् एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए । घटनामा संलग्न भएको आरोपमा २ जना विद्यार्थीलाई पक्राउ गरिएको उनले बताए। प्रहरी घटनाको अनुसन्धान गरिरहेको छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *