प्रधानमन्त्री कप अन्तर-विश्वविद्यालय खेलकूद प्रतियोगिता असोज नौ गतेदेखि हुने

काठमाडौ -´स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित असोज ९ गतेदेखि राष्ट्रिय खेलकुद परिषद्कको आयोजना तथा राष्ट्रिय विश्वविद्यालय खेलकुद संघको ब्यबस्थापनमा प्रधानमन्त्री कप अन्तर विश्वविद्यालय खेलकूद प्रतियोगिता हुने भएको छ ।

अघिल्लो बर्षहरुमा जस्तै बिभिन्न विश्वविद्यालय भित्र रहेका विद्यार्थीहरुको प्रतिभालाई प्रस्फुटन गर्दै देशका लागि खेलाडीहरु ऊत्पादन गर्ने मुख्य उदेश्यको साथ प्रधानमन्त्रि कप आयोजन गर्न लागिएको राष्ट्रिय विश्वविद्यालय खेलकुद संघका सचिव प्रकाश बहादुर शाहीले ग्लोबल खबरलाई जानकारी दिए ।

असोज ९ देखि ११ सम्म हुने प्रतियोगितामा नौ वटा विश्वविद्यालयका ६१२ भन्दा बढी खेलाडीहरुको सहभागिता रहनेछ । प्रतियोगितामा फुटबल, भलिबल, बास्केटबल, टेबलटेनिस, ब्याडमिन्टन, चेस्, दैड समाबेश गरिएको सचीव शाहीले बताए ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *