राष्ट्रिय ‘टग अफ वार’ प्रतियोगिताको उपाधी प्रदेश नम्बर ३ लाई

काठमाडौं – नेपाल डोरी तान संघले पहिलो संस्करणको राष्ट्रिय ‘टग अफ वार’ (डोरी तान) प्रतियोगिताको उपाधी प्रदेश नम्बर ३ ले जितेको छ ।

मंगलबार काठमाडौंको गोकर्णेश्वर नगरपालिका स्थित मकलबारिमा रहेको मनकामना फुटसलमा भएको प्रतियोगितामा ७ प्रदेश र तीन विभागीय गरी महिलाका १० र पुरुषका १० टिमको सहभागिता रहेको थियो ।

राष्ट्रिय प्रतियोगिताका लागि जिल्ला तथा प्रदेशमा छनोट खेलहरु भएका थिए । प्रत्येक टिममा ८–८ जना खेलाडी रहने र लिगकम नकआउटका आधारमा खेल भएको नेपाल डोरी तान संघका अध्यक्ष भवानी पौडेलले जानकारी दिए ।

मकलबारिमा रहेको मनकामना फुटसलमा भएको प्रतियोगिताको प्रथम विजेता पुरुषतर्फ प्रदेश नम्बर ३ र महिला तर्फ पनि प्रदेश ३ नै बिजेता भएको छ भने दितीयमा पुरुषतर्फ प्रदेश २ र महिलातर्फ प्रदेश ५ बिजेता भएका छन् । तेस्रो हुने पुरुषतर्फ प्रदेश ७ सुदूरपश्चिम र महिला तर्फपनि प्रदेश ७ कै बिजेता बनेका छन् । प्रथम ,दितीय र तृतीय सबै खेलाडीले प्रमाणपत्र मेडल सहित शिल पाएका छन् ।

कार्यक्रममा उद्घाटन पूर्व कानुनमन्त्री शेरबहादुर तामाङले गरेका थिए भने समापन रा.खे .प.का सदस्य सचिब रमेशकुमार सिलवालले गरेका थिए । कार्यक्रममा हिसानका बरिष्ठ उपाध्यक्ष तथा हिसानका कार्यसमिति सदस्य , रा.खे .प.का सदस्य ,हिसानका काठमाण्डौ जिल्ला अध्यक्ष सहित कार्यसमिति सदस्य,पत्रकार ,समाजसेबी ब्यबसायी शिक्षाविद सबैको बाक्लो उपस्थिति रहेको थियो।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *