गुल्मीमा पहिरोले गाउँ बगाउँदा ६ जनाको मृत्यु

गुल्मी – गुल्मीमा बाढी र पहिरोमा परेर ६ जनाको ज्यान गएको छ । सत्यवती गाउँपालिका  लिम्घाको भिरकुना भन्ने ठाउँमा ३ वटा घर बाढीले बगाउँदा चार जनाको ज्यान गएको छ  । अरुको अवस्था थाहा हुन नसकेको प्रहरीले जनाएको छ ।

यस्तै, सत्यवती गाउँपालिका–३  ठूलोलुम्पेकको कसिनथला भन्ने ठाउँमा पहिरोले घर भत्किँदा ३१ वर्षीया तिलकुमारी तरामु र ७ वर्षका दर्शन तरामुको ज्यान गएको छ । घाइते २ जनाको उद्धार गरी अहिले स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको र उनीहरुको अवस्था गम्भीर रहेको स्थानीय बासिन्दाले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेको नेतृत्वमा ११ जनाको टोली तम्घासबाट घटनास्थलतर्फ गए पनि पानी परिरहेको र पहिरोले बीचबीचमा सडक बन्द भएकाले घटनास्थलमा पुग्न समस्या भएको छ ।

वर्षाका कारण गुल्मीको रिडी–रुद्रबेण–वामीटक्सार सडकखण्ड समेत सोमबार रातिदेखि नै बन्द भएको छ । यो सडकखण्ड अन्तर्गत लुम्दी खोला, बादरे भीर, डहरे खोलामा बाढी र पहिरो गएर बन्द भएको सडक खुलाइएको तर केही ठाउँमा भने सडक बन्द रहेको सत्यवती गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले जानकारी दिनुभयो ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *