सगरमाथा र बुद्धले नचिनाएको देश, आइफाले कसरी चिनाउँछ ?

काठमाडौं– कलाकार नवल खड्काले आइफा अवार्डको नेपाल आयोजक हुनु राष्ट्रघाती कदम भएको बताएका छन् । आज माइतीघर मण्डलामा अखिल छैंटोले आयोजना गरेको विरोध कार्यक्रममा नेपाल आयोजक बन्न नहुने धारणा राखे ।

आइफा नेपालमा आयोजना हुनु राम्रो हो, तर त्यसका लागि सरकारले एक अर्ब खर्च गर्ने लागेको कदम भने गलत रहेको उनले बताए । आइफा नेपालमा आयोजना हुँदा पर्यटन बृद्धि हुन्छ भन्ने कुनै आधार आफुले नभेटेको उनले सुनाए ।

कार्यक्रममा चलचित्र निर्देशक विमल पौडेलले नवलको विचारमा सहमति जनाउँदै प्रश्न गरे, ‘सगरमाथा र बुद्धले नचिनाएको देश, आइफाले कसरी चिनाउँछ ?’ उनले थपे, ‘अवार्ड गर्न नेपालको भूमि र सुरक्षा दिनुपर्छ तर राज्यले पैसा दिनुहुँदैन ।

कार्यक्रममा अखिल छैठौका केन्द्रीय अध्यक्ष बिमल नेपालले आइफाको नाममा खर्च गर्न खोज्नु पनि ओली सरकारको राष्ट्रघाती कदम भएको बताए । उनले गुठी विद्येयक भर्खरै फिर्ता भएको उल्लेख गर्दै अवार्डका नाममा गर्न आँटेको खर्चको निर्णय पनि फिर्ता हुनुपर्नेमा जोड दिए ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *