किसानको चिन्ता : मध्य असारमा पनि नहरमा पानी छैन

वीरगञ्ज – यसवर्ष मनसुन राम्रोसँग सुरु भएका छैन । जसले गर्दा आकाशे पानीको भरमा खेती गर्ने पर्सा, बाराका किसान चिन्तित छ ।

सिँचाइ सुविधा भएको गण्डक नहरभन्दा दक्षिणी क्षेत्रका किसानको पनि चिन्ता हटेको छैन । किनकी असारको १५ गते भइसक्दा पनि गण्डक नहरमा पानी आएको छैन ।

अहिले चुरेको दक्षिणमा पर्ने उत्तरी क्षेत्र जहाँ पानीको स्रोत छ । भदौरे धान काटेर त्यहाँ धमाधम रोपाइर्ं भइरहेको छ । बाँकी ठाउँका किसान पानीको प्रतिक्षामा छन् । बाराको परवानीपुर गाउँपालिकाका सदिक देवानलाई किसानको समस्यामा कसैले ध्यान नदिएको जस्तो लाग्छ ।

‘नजिकै गण्डक नहर छ । गण्डक नहर सफा पनि गरिएको छ तर पानी आएको छैन । धान लगाउन पानी आवश्यक भइसक्यो । समयमा पानी नआउँदा राम्रो उत्पादन हुँदैन,’ उनले भने, ‘कम्तिमा समयमा गण्डक नहरमा पानी आउने वातावरण त सरकारले बनाइदिनुपर्छ ।’

उनको जस्तै धारणा परवानीपुरकै मन्दिप यादवको पनि छ । गण्डक नहरको छेउमै खेत भए पनि नहरमा पानी नआएका कारण धान खेती गर्न नपाएको उनी बताउँछन् । ‘दुःखको कुरा के छ भने गण्डक नहरबाट सिंचाईबाट खेतमा पानी त जान्छ तर नहरमा पानी आएको छैन,’ उनले भने, ‘ आकाशे पानीकै भरमा खेती गर्नुपर्ने बाध्यता छ । समयमा मुख्य नहर र शाखाको नियमित मर्मत संभार गर्ने र जिम्मेवार अधिकारीले भारतीय पक्षलाई पानी छोड्न दवाव दिनुपर्छ ।’

वर्षे धानबालीका लागि वर्षेनी मे १० तरिखदेखि अक्टुबर २५ तारिखसम्म पानी दिने सम्झौतामा उल्लेख छ । त्यसअनुसार वैशाख २७ गते नै पानी आइसक्नुपर्ने भए पनि अहिलेसम्म नहरमा पानी आइसकेको छैन ।

सम्झौता अनुसार नहरमा ८५० क्युसेक पानी छोड्नुपर्ने हुन्छ । पानी नेपालको भए पनि गण्डकको सवालमा विगतदेखि नै भारतको मनोमानी चल्दै आएको छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *