कोपा अमेरिका : अर्जेन्टिना सेमिफाइनलमा, फाइनल प्रवेशका लागि ब्राजिलसँग भिड्ने

काठमाडौँ – अर्जेन्टिना कोपा अमेरिका कप–२०१९ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार बिहान भएको दोस्रो क्वाटरफाइनल खेलमा भेनेजुएलालाई २–० गोल अन्तरले हराउदै अर्जेन्टिना सेमिफाइनलमा प्रवेश गरेको हो । अर्जेन्टिनाको जितमा लाउटारो मार्टिनेज र लो सेल्सोले समान एक एक गोल गरेका थिए ।

खेलको सुरुवातदेखि नै आक्रमक बनेको अर्जेन्टिनाले १० औं मिनेटमा नै आफ्नो अग्रता कायम गरेको थियो । अर्जेन्टिनाका लागि लाउटारो मार्टिनेजले गोल गर्दै १–० को अग्रता बएनाए। त्यसपछि पनि अर्जेन्टिनाले लगातार भेनेजुएलालाई दवाब दिदै गयो । लियोनल मेस्सी र सर्जियो अगुएरोले केहि मौका खेर फ्याल्दा अर्जेन्टिनाले पहिलो हाफसम्म १–० को अग्रता बनायो ।

पहिलो हाफसम्म १–० ले पछाडि परेको भेनेजुएलाले दोस्रो हाफमा थप एक गोल खायो । खेलको ७४ औं मिनेटमा सर्जियो अगुएरोले प्रहार गरेको बल भेनेजुएलाका गोलकिप्परले रोक्ने क्रममा रिबाउन्ड हुँदा सेल्सोेले गोल गर्दै अर्जेन्टिनालाई २–० को अग्रता दिलाए । बाँकी समय दुबै टिमबाट गोल नहँुदा अर्जेन्टिनाले सहजै सेमिफाइनलमा ब्राजिलसँगको भेट पक्का बनायो ।

यता हिजो बिहान भएको खेलमा आयोजक ब्राजिल कोपा अमेरिका कपको सेमिफाइनलमा प्रवेश गरेको छ । पहिलो क्वाटरफाइनलको खेलमा ब्राजिलले पाराग्वेलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *