रक्तअल्पता पीडित बिपन्न बालकको सहयोगका लागि पत्रकार सम्मेलन गरिँदै

काठमाडौ – रक्तअल्पता बाट पीडित किशोर सुरेश रोका मगरको उपचारका लागि सहयोग संकलन गर्न  सुरेश रोका मगर बचाउ अभियान समितिले पत्रकार सम्मेलन गर्ने भएको छ ।

रोल्पा जिल्ला परिवर्तन गाउपालिका १ कुरेली बस्ने १८ बर्षिय किशोर सुरेश रोका मगर लामो समय देखि उपचारार्थ र आर्थिक अवस्था कमजोर भएकोले सुरेश रोका मगर बचाउ अभियान समितिले नेकपा रोल्पा जिल्ला सदस्य तथा वाइसीएल प्रदेश नम्बर ५ का अध्यक्ष जितेन्द्र पुनको सहयोगमा आर्थिक  संकलन अभियान चलाइरहेको छ । सोही क्रममा असार १४ गते शनिबार बिहान १२ बजे भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्न लागिएको सहयोग अभियान समितिको सचीव जुना मगरले ग्लोबल खबरलाइ जानकारी दिनुभयो ।

रक्तअल्पता पीडित किशोर रोका मगर सहिद परिवारका सदस्य हुन् । उनको बिगत दुई महिनादेखि ललितपुरको हरिसिद्दीस्थित नेपाल क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका अनुसार उपचारका लागि करिब साठ्ठी लाख लाग्ने र किशोरको आर्थिक अवस्था कमजोर भएकाले सहयोग अभियान समिति नै बनाएर आर्थिक संकलन सुरु गरिएको छ । सहयोग समितिले अमेरिका, स्पेन, बेलायत, जापान, कोरिया, सिंगापुर दुबई, कतार लगायत विभिन्न देशहरूमा सहयोगका लागि वैदेशिक संयोजक नै बनाएर सहयोग अभियान सुरु गरेको छ ।

सहयोग समितिले शनिबार पत्रकार सम्मेलन गरि अभियानको बारेमा विस्तृत जानकारी गराउने जनाएको छ । समितिले किशोरको उपचारका लागि आर्थिक सहयोगको लागि सबैसँग अपिल समेत गरेको छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *