एसईई रिजल्ट : झन्झन् खस्कियो सरकारी बिद्यालय

काठमाडौँ– राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजामा सामुदायिक भन्दा निजीतर्फका धेरै परीक्षार्थीले ए प्लस ल्याएर उर्तिण भएका छन् ।

बोर्डले बिहीबार प्रकाशित गरेको नतिजाअनुसार सामुदायिकतर्फे २ हजार ७ सय ९२ जनाले जीपीए ए प्लस ल्याउदा निजीतर्फका १४ हजार ७ सय ८८ विद्यार्थीले ल्याउन सफल भएका छन् । त्यस्तै जीपीए ए ल्याउने सामुदायिकतर्फ ११ हजार २ सय २३ हुँदा निजीतर्फका ३९ हजार ९ सय १४ पुगेका छन् ।

त्यसैगरी बी प्लस ल्याउने सामुदायिकतर्फ २६ हजार ३ सय ६६ र निजीतर्फ ३७ हजार ३ सय ७५ जना रहेका छन् । त्यस्तै जीपीए बी ल्याएर पास हुने सामुदायिकतर्फ ५३ हजार ७ सय ३० र निजीतर्फ २२ हजार ८ सय ३४ जना छन् ।

त्यसैगरी सी प्लस ल्याउने सामुदायिक विद्यालयतर्फ ८७ हजार ४४२ र निजीतर्फ १०हजार ७६५ रहेका छन् । सी ल्याउने सामुदायिकतर्फ ९० हजार ४४५ छन् भने निजीतर्फ ४ हजार ८६२ छन् । यसैगरी डी प्लस ल्याउने सामुदायिकतर्फ ४२हजार ३६३ छन् भने निजीतर्फ १४७८ छन् । यसैगरी डी ल्याउने सामुदायिकतर्फ ४२९६ छन् भने निजीतर्फ १३३ जना रहेका छन् । यसैगरी जीपीए ई ल्याउने सामुदायिक तर्फ ६६७३ जना छन् भने निजीतर्फ १ हजार ७९६ छन् ।  नतिजाबाट सामूदायिक विद्यालयको पठनपाठन कमजोर रहेको देखिन्छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *