रक्तअल्पता पीडित किशोरको उपचारका लागि उर्जामन्त्री बर्षमान पुनद्वारा एकलाख सहयोग

काठमाडौ – रक्तअल्पता बाट पीडित किशोरको उपचारका लागि माननीय उर्जा मन्त्री बर्षमान पुन अनन्तले रु एक लाख सहयोगको प्रतिबद्धता जनाउनु भएको छ ।

रोल्पा जिल्ला परिवर्तन गाउपालिका १ कुरेली बस्ने १८ बर्षिय किशोर सुरेश रोका मगर लामो समय देखि उपचारार्थ र आर्थिक अवस्था कमजोर भएकोले सुरेश रोका मगर बचाउ अभियान समितिले आर्थिक सहयोग संकलन अभियान चलाइरहेको छ ।

सोही क्रममा सुरेश रोका मगर बचाउ अभियान समितिका सल्लाहकार तथा नेकपा रोल्पा जिल्ला सदस्य एवम् वाइसीएल प्रदेश नम्बर ५ का अध्यक्ष जितेन्द्र पुनले विभिन्न विशिष्ट ब्यक्तिहरु सँग भेटघाटको संयोजन गर्नुभएको थियो । सहयोग अभियान समितिले उर्जामन्त्री पुनलाई भेटी सहयोगको आग्रह गरेपछि मन्त्री पुनले रु एक लाख सहयोगको प्रतिबद्धता जनाउनुभएको अभियान समितिका अध्यक्ष दिपक रोका मगरले ग्लोबल खबर डट कमलाइ जानकारी दिनुभयो ।

साथै आजै सहयोग अभियान समितिले विभिन्न विशिष्ट ब्यक्तित्वहरुलाइ पनि भेटेर सहयोगका लागि आग्रह गरेको छ । सहयोग संकलनको क्रममा नेपाल सरकारका सम्माननिय सभामुख कृष्ण बहादुर महराले किशोरको उपचारका लागि मन फुकाएर सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ । त्यसैगरी शिक्षा तथा स्वास्थ समितिका सभापति माननीय जयपुरी घर्ती मगरले पनि सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

रक्तअल्पता पीडित किशोर रोका मगर सहिद परिवारका सदस्य हुन् । उनको बिगत दुई महिनादेखि ललितपुरको हरिसिद्दीस्थित नेपाल क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका अनुसार उपचारका लागि करिब साठ्ठी लाख लाग्ने र किशोरको आर्थिक अवस्था कमजोर भएकाले सहयोग अभियान समिति नै बनाएर आर्थिक संकलन सुरु गरिएको छ । सहयोग समितिले अमेरिका, स्पेन, बेलायत, जापान, कोरिया, सिंगापुर दुबई, कतार लगायत विभिन्न देशहरूमा सहयोगका लागि वैदेशिक संयोजक नै बनाएर सहयोग अभियान सुरु गरेको छ ।

सहयोग समितिले छिट्टै पत्रकार सम्मेलन गरि अभियानको बारेमा विस्तृत जानकारी गराउने जनाएको छ । समितिले किशोरको उपचारका लागि आर्थिक सहयोगको लागि सबैसँग अपिल समेत गरेको छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *