राष्ट्रपति भण्डारी आज स्वदेश फर्कदै

काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार स्वदेश फर्कँदै हुनुहुन्छ । चीन भ्रमण एक दिन छोट्याएर उहाँ बुधबार नै स्वदेश फर्कन लाग्नुभएको हो ।

राष्ट्रपति भण्डारी बुधबार बिहान १० बजे काठमाण्डौ आइपुग्ने राष्ट्रपति कार्यालयले जनाएको छ । समकक्षी सी जिनपिङको निमन्त्रणामा बेल्ट एण्ड रोड इनियसिएटिभ (बीआरआई) सम्मेलनमा सहभागि हुन राष्ट्रपति भण्डारी गएको बुधबार चीनको राजकीय भ्रमणमा जानु भएको थियो ।

भ्रमणका क्रममा उहाँले चिनिया समकक्षी सी, चीनका प्रधानमन्त्रीलगायत उच्च नेताहरुसँग भेटवार्ता गर्नुभएको थियो । बीआरआई सम्मेलनमा राष्ट्रपति भण्डारीले नेपालीमै भाषण गर्नु भएको थियो ।

बीआरआई सम्मेलनपछि उहाँ तिब्बत, ल्हासा हुँदै बुधबार स्वदेश फर्किन लाग्नु भएको हो ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *