प्रथम जुगल कप पुरुष भलिबलको उपाधि जुगल युथ हर्ट क्लबलाई

सिन्धुपाल्चोक – गोल्छे भुमे युवा परिवार जुगल गाउँपलिकाको आयोजना मा २०७५/१२/२७ देखि सुरु भएको जुगल कप पुरुष भलिबल प्रतियोगिताको उपाधी जुगल युथ हर्ट क्लबले जितेको छ । प्रतियोगितामा जुगल गाउँपालिकाको विभिन्न ११ टिम सहभागी थिए।

सिन्धुपाल्चोक क्षेत्र न. १ प्रदेश सभा ख का माननीय सांसद सरेस नेपाल , नेकपा केन्द्रिय सदस्य तथा पुर्ब माननीय दावा तामाङ को विशेष उपस्थितिमा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष होम नारायण श्रेष्ठ लगायत अन्य जनप्रतिनिधि तथा खेलप्रेमिहरुको बाक्लो उपस्तिथि रहेको थियो।

कार्यक्रममा बोल्दै विशेष अतिथि दावा तामाङले खेलले देशको पहिचान स्थापना गर्ने भएकाले जुगलको बिकास तथा खेलकुद को बिकास आफुले सकेको सहयोग गर्ने बताए ।

त्यस्तै अर्को अतिथि सांसद सरेश नेपालले मानब जीवन र खेलबीच अन्तरसम्बन्ध रहेको र खेलले मित्रता कायम गर्ने त्यसमाथि झन्  भलिबल जुगलको भुगोल अनुसार सुहाउँदो रहेको बताए । साथै जुगल हिमाल आरोहण सफल हुनु समग्र देश र जुगलवासिको लागि  ठुलो उपलब्धि रहेको उनले बताए।

प्रतियोगितामा प्रथम, द्दितिय र तृृतीय हुनेले क्रमशः रु ४००००, रु २५००० र रु. १५००० /- सहित  सिल्ड ,मेडल र प्रमाणपत्र प्राप्त गरे।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *