एट्लेटिको माथि बार्सिलोनाको रोमाञ्चक जित

एजेन्सी – खेलको अन्तिम समयतिर कप्तान लियोनेल मेस्सी र लुइस सुआरेजले गोल गरेपछि क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगाको शीर्ष स्थानको खेलमा एट्लेटिको म्याड्रिडलाई पराजित गरेको छ ।

बार्सिलोनाले घरेलु मैदान नोउ क्याम्पमा १० खेलाडीमा समेटिएको एट्लेटिको माथि २–० को जित निकालेको हो । प्रतिस्पर्धात्मक बनेको खेलको २८औं मिनेटमा पाहुना टोली १० खेलाडीमा समेटिएको थियो । एट्लेटिकोका डिएगो कोस्टाले रेफ्रीमाथि गलत व्यवहार गरेपछि रेफ्री जेसस गिलले सोझै रातो कार्ड देखाएका थिए ।

एट्लेटिको १० खेलाडीमा समेटिएपनि बार्सिलोनाको फाइदा उठाउने प्रयास भने लगातार असफल बनिरहेको थियो । खेल खेल सकिन ५ मिनेट बाँकी रहँदा दुई स्टार खेलाडी सुआरेज र मेस्सीले एक मिनेटको अन्तरमा दुई गोल गर्दै बार्सिलोनालाई महत्वपुर्ण ३ अंक दिलाए ।

८५औं मिनेटमा लुइस स्वारेजले जोर्डी अल्वाको पासमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । ८६औं मिनेटमा कप्तान मेस्सीले गोल गर्दै बार्सिलोनालाई २–० को जित दिलाए ।

जितसँगै बार्सिलोनाले उपाधि होड थप बलियो बनाएको छ । ला लिगामा ७ चरणको खेल बाँकी रहँदा बार्सिलोनाले दोस्रो र तेस्रो स्थानको एट्लेटिको र रियाल म्याड्रिडमाथि क्रमश: ११ र १३ अंकको अग्रता बनाएको छ ।

बार्सिलोनाको ७३ अंक छ । एट्लेटिकोको ६२ तथा रियालको ६० अंक छ

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *