आफ्नो सुरक्षामा खटिएको भ्यानले गराएको दुर्घटनाबारे बोले पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द

काठमाडौं–पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दले आफ्नो सुरक्षामा खटिएको भ्यानले गराएको दुर्घटनाबारे आफूले शनिबारमात्रै जानकारी पाएको बताएका छन् ।

उनले घटनाबारेअनविज्ञ रहँदा पनि सामाजिक सञ्जालमा आफूप्रति लक्षित गरेर नराम्रा कमेन्ट गरिएको भन्दै दुःख व्यक्त गरेका छन् ।

चैत १५ गतेका दिन नयाँ बानेश्वर स्थित ५ः४५ बजे तिर मेरो सुरक्षामा रहेको भ्यान र एउटा स्कुटर दुईवटा गाडीको बिचमा परेर आत्तिएर भ्यानको पछिल्लो भागमा ठोक्किँदै लडेको र लगत्तै उठी हिँडेको मलाई आज १६ गते सुरक्षा कर्मीले जानकारी गरायो’, चन्दले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘ यसमा म अनविज्ञ थिए तर विभिन्न फेसबुक र मिडियाहरुमा मेरो बारेमा विभिन्न नराम्रा कमेन्ट देख्दा म दुःखित छु ।’

उनले स्कुटरमा सवार व्यक्तिलाई कुनै किसिमको चोटपटक लागेको भएमा आफू भेट्न जाने समेत बताएका छन् ।

शुक्ररबार साँझ सशस्त्र प्रहरी बलको लापरवाहीपूर्वक चलाइएको बा १ झ ९५२७ को पछुवा गाडीले एक स्कुरटरलाई ठक्कर दिएर लडेपनि वेवास्ता गर्दै अगाडि बढेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

 

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *