म पनि चौकिदार : मोदी, राहुल भन्छन् ‘चौकीदार नै चोर’

नयाँदिल्ली – भारतमा लोकसभा चुनावकै माहाेलमा प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ अभियान सार्वजनिक गरे । ‘चौकीदार’ शब्दलाई नै बिम्बको रुपमा प्रयोग गरिँदै सुरक्षाको अभियन्ताकै रुपमा चौकीदारलाई व्याख्या गर्न थालिएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले नै शनिबार आफ्नो ट्वीटरमा एक भिडियो राख्दै ‘म पनि चौकीदार’ अभियान सुरु गरेका हुन् । उक्त भिडियोमा केन्द्र सरकारको ‘उज्ज्वला योजना’, भ्रष्टाचारमाथि लगाम, हाईवे निर्माण तथा देशको सुरक्षा कडा गर्ने दावी गरिएको छ ।

भिडियोमा भिडियोमा भिडियोमा भ्रष्टाचारविरुद्ध लड्ने सबैलाई ‘चौकीदार’ भनी व्याख्या गरिएको छ । मोदीले यस अभियानमार्फत राहुल र प्रतिपक्षी दलहरुलाई लक्षित गर्दै आफूहरु जिम्मेवार भएको आशय दावी गरेका हुन् । साथै मोदीले यस अभियानमा आफू एक्लो नरहेको र भ्रष्टाचारविरुद्ध लाग्नेहरु आफ्नो साथमा रहेको पनि उल्लेख गरेका छन् ।

राहुलले भने मोदीको ‘चौकीदार’ अभियानमाथि टिप्पणी गर्दै ‘चौकीदार नै चोर’ भन्दै आरोप लगाएका छन् । गान्धीको यस्तो अभिव्यक्तिलाई लिएर सरकार सम्बद्ध व्यक्ति तथा निकायबाट मुद्दा समेत दायर भएको छ । गान्धीको अभिव्यक्तिबाट चौकीदारको अपमान भएको भन्दै मुद्दा दायर भएको हो ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *