म्याग्दीमा ३ दिने निशुल्क आँखा शिविर सुरु

बेनी – म्याग्दीमा तीन दिने निशुल्क आँखा जाँच तथा मोतियाविन्दु अप्रेशन शिविर सुरु भएको छ । हामी नेपाली ग्लोबल नेपाल च्याप्टरको आयोजनामा नेपाल आँखा अस्पताल त्रिपुरेश्वरकाठमाडौं, बेनी अस्पताल म्याग्दी ,नेपाल रेडक्रस सोसाइटी आँखा उपचार केन्द्र बेनीको प्राविधिक सहयोग तथा विभिन्न क्लबहरुको सहयोगमा शिविर संचालन भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र बहादुर केसीले छिमेकी जिल्ला पर्वत जलजला गाउँपालिका ३ वारी बेनीका ८५ बर्षिय दल बहादुर खत्रिलाई नाम दर्ताको कागज हस्तान्तरण गरि शिविरको शुभारम्भ गरेका छन् ।

शिविर उद्घाटन गर्दै प्रमुख अतिथि केसीले ग्रामिण भेग तथा बजार क्षेत्र भित्र रहेर पनि आर्थिक अभावमा अस्पताल जान नसकेका आँखा रोगबाट पीडित विरामीहरुलाई शिविरले ठुलो सहयोग पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रमममा प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी ,बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले शिविरले ग्रामिण भेगका आँखा रोगी विरामीहरुलाई ठुलो सहयोग पुग्ने बताउँदै शिविरमा सेवा लिन सबैलाई आग्रह गरे ।

आयोजक हामि नेपाली ग्लोबल नेपाल च्याप्टरका उपाध्यक्ष गँगा शर्मा पौडेलले ग्रामिण भेग र बजार क्षेत्र भित्र रहेर पनि आर्थिक अभावमा अस्पताल जान नसकेका आँखा रोगिहरुलाई ज्योति दिन सकियोस् भनि शिविरको आयोजना गरिएको बताए ।
शिविरमा निशुल्क आँखा जाँच तथा मोतिया विन्दुको अप्रेशन लगायत निशुल्क चस्मा र औषधिको व्यवस्था गरिएको छ ।

हामी नेपाली ग्लोबल नेपाल च्याप्टरसंगै लायन्स क्लब अफ म्याग्दी दोभान,लायन्स क्लब अफ बेनी मल्लाज ,लायन्स क्लब अफ बेनी महारानी ,लायन्स क्लब अफ बेनी म्याग्दी, लायन्स क्लब अफ बेनी सिटी ,लायन्स क्लब अफ बेनी पिस सिटी र लियो क्लब अफ बेनी म्याग्दीको सहयोगमा सुरु भएको शिविर आगामी चैत्र १ गते सम्म संचालन हुने उपाध्क्ष शर्माले जानकारी दिए ।
शिविरमा प्राविधिक सहयोगि नेपाल आँखा अस्पतालकी नेत्र रोग विशेषज्ञ अर्चना शर्माको टोलीले आँखाको जाँच तथा शल्यक्रियाको उपचारमा सेवा दिइरहेको छ । आज भएको शिविरमा म्याग्दीका बेनी नगरपालिका, मालिका रघुगंगा गाउँपालिका सहित छिमेकी जिल्ला बागलुङ र पर्वतका ९ सय २१आँखा रोगिहरुले नामदर्ता गराए भने ८ सय १५ जनाको चेकअप र १८ जनाको अपरेसन गरिएको डाक्टर कल्याणले जनाकारी दिए ।

प्रमुख अतिथि जिस प्रमुख केसीको प्रमुख आतिथ्यता ,लायन्स क्लब अफ बेनी म्याग्दीका अध्यक्ष श्रेष्ठको अध्यक्षता , लायन्स क्लब अफ म्याग्दी दोभानकी अध्यक्ष श्रेष्ठको स्वागत मन्तव्य र लायन्स क्लब अफ बेनी पिस सिटिका अध्यक्ष श्रेष्ठको संचालनमा कार्यक्रम समापन भएको थियो । कार्यक्रममा हामी नेपाली ग्लोबल नेपाल च्याप्टरका कोषध्यक्ष गोबिन्द राई र सदस्य बिक्रम लोहनी लगाइएतको उपस्थिति रहेको थियो ।

About राजेश दुलाल

View all posts by राजेश दुलाल →

Leave a Reply

Your email address will not be published. Required fields are marked *