तातोपानी कुण्डमा सँगसँगै देउवा-पौडेल, स्वास्थ उपचार कि सम्बन्ध सुधार ?

बेनी – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रवक्ता विश्वप्रकाश शर्मासहितका नेताहरुले बेनी नगरपालिका ४ मा रहेको प्राकृतिक तातोपानी कुण्डको अवलोकन र स्नान गरेका छन् । हेलिकप्टर मार्फत तातोपानी पुगेका उनीहरुले शनिबार त्यहाँ स्नान गरेका हुुुन् ।

तातोपानी कुण्डको पर्यटकीय सम्भावना उच्च रहेको बताउँदै देउवाले भने, ‘यो तातोपानी कुण्डको धेरै पर्यटकीय सम्भावना छ। यसलाई अझै व्यवस्थित र प्रचारप्रसार गरेर पर्यटन प्रर्वद्धन गर्नुपर्छ ।’

अर्का नेता पौडेलले तातोपानी कुण्डको बारेमा धेरै चर्चा भएको सुनेर कस्तो रहेछ भनेर अनुभवका लागि स्नान गरेको बताए । उनीहरुले म्याग्दी नदीको किनारमा रहेको तातोपानी कुण्डको विकासमा सहयोग गर्ने प्रतिवद्धता पनि जनाए।

जमिनभित्रबाट बिरेनुनको गन्धमा ५० डिग्री तापक्रममा निस्कने तातोपानी कुण्डमा स्नान गरेमा चोट पटक लागेको, ग्यास्ट्रिक गानो गोला, बज्रिएको, सुन्निएको लगायतका स्वास्थ्य समस्या निको हुने जनविश्वास छ ।

नेपाली काङ्ग्रेसमा आगामी महाधिवेशनका लागि नेताहरूले छुट्टाछुट्टै गुट बनाइरहेका बेला सभापति देउवा र वरिष्ठ नेता पौडेल सँगसँगै म्यादी पुग्नुलाइ काङ्ग्रेस वृत्तमा महत्त्वका साथ हेरिएको छ । केहि समय यता एक अर्काप्रती टाढिरहेका देउवा र पौडेल एकैसाथ म्याग्दी पुग्नु संयोग मात्रै नहुने काङ्ग्रेस नेताहरू बताउँछन्  ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *