मिस तामाङ २०१९ को ताज सरिता लाई

काठमाडौ– एभरेष्ट फेशन होम र नेपाल तामाङ कला सांस्कृति केन्द्रको संयुक्त आयोजना गरेको मिस तामाङ २०१९ को ताज सरिता तामाङले जितेकी छिन् । राजधानीको नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित ग्रान्ड फिनालेमा २२ सुन्दरी प्रतिस्पर्धीलाई पछि पार्दै उनीले १२ औं संस्करणको ताज हात पारेकी हुन् ।

उनलाई मिस तामाङ २०१८ की विजेता सिमरन स्याङ्बोले ताज पहिर्‍याइदिइन् । उनले एक लाख नगद र सिल्बर क्राउन, गिप्ट ह्रयाम्पर पाइन् । उनलाई पछ्याउँदै फस्ट रनरअप सबिना दोङ, सेकेन्ड रनरअप अप्सरा स्याङ्तान, थर्ड रनरअप कबिता योञ्जन र फोर्थ रनरअप लक्किसा स्याङ्बो भएका छन् । उनीहरूले क्रमशं नगद ५० हजार, २५ हजार र क्राउन, गिप्ट हेम्पर पाइन् ।

पूर्व कानून राज्यमन्त्री दिलमान पाख्रिनको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा निर्णायकहरू युवा व्यवसायी उत्तम ब्लोन, मिस तामाङ २०१२ विजेता एवं नायिका सुमी मोक्तान, सञ्चारकर्मी स्मितु घिसिङ, इक्यान महासचिव शेषराज भट्टराई रहेका थिए ।

त्यसैगरी समारोहमा नेपाली कांग्रेसका युवा नेता गणेश लामा, सिवी लामा लगायतले विजेतालाई शुभकामना दिए ।

गत वर्ष तामाङ कला संस्कृतिको संयोजनमा भएको थियो भने यस वर्ष एभरेष्ट फेशन होमकी अध्यक्ष रञ्जिता ब्लोन लामाको संयोजनमा सम्पन्न भएका हुन् ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *