शक्तिशाली राष्ट्रमा पहिलो अमेरिका दोस्रो स्थानमा रुस

एजेन्सी -युएस न्युज एण्ड वल्र्ड रिपोर्ट’ ले ८० वटा देशको सर्वेक्षणपछि सार्वजनिक गरेको वार्षिक सूचीमा अमेरिकाले २०१९ मा पनि सर्वाधिक शक्तिशाली राष्ट्रमा पहिलो स्थान कायम राखेको छ । यसरी राजनीतिक तथा आर्थिक क्षेत्रमा अमेरिकाको अधिक प्रभावले नै यो देशलाई अन्तर्राष्ट्रिय लिडरका रुपमा स्थापित गराउँदै आएको छ ।

८० राष्ट्रका बारेमा २० हजार भन्दा बढी मानिसमा सर्वेक्षण गरि तयार पारिएको यस सूचीमा रुस दोस्रो स्थानमा रहेको छ । विश्वको सबैभन्दा ठूलो देश भएकाले पनि रुसको सीमा थुप्रै देशहरुसँग जोडिएको छ भने तेल र कोइला खानीले यसको अर्थतन्त्रलाई तीव्र रुप दिइरहेको छ । त्यस्तै शक्तिशाली राष्ट्र प्रमुख र सैन्य क्षमताले पनि रुसलाई अमेरिका पछिकै शक्तिशाली मुलुकका रुपमा प्रस्तुत गर्दछ । यता चीनले पनि तेस्रो स्थान कायम राखेको छ । विश्वको सबैभन्दा ठूलो जनसङ्ख्या सँगै दोस्रो ठूलो अर्थतन्त्र मानिने चीनको सैन्य क्षमता पनि तीव्र गतिमा वृद्धि भइरहेको छ ।

यसैगरी चौथो शक्तिशाली राष्ट्रमा भने जर्मनी र पाचौँमा बेलायत रहेका छन् । यी दुवै विकसित देशको अन्तराष्ट्रिय, आर्थिक, राजनीतिक, वैज्ञानिक र सांस्कृतिक क्षेत्रमा ठूलो प्रभाव रहँदै आएको छ । दुवै देशका महिला प्रमुखहरुलाई विश्वकै सर्वाधिक शक्तिशाली व्यक्तित्व मानिन्छ । यसैगरी फ्रान्स, जापान, इजरायल, साउदी अरब र दक्षिण कोरिया क्रमशः छैठौँदेखि दशौँ स्थानमा रहेका छन् । अघिल्लो वर्ष ११ औँ मा परेको दक्षिण कोरिया यसवर्ष एक स्थान माथि आएको हो । यता क्यानडाले पनि २०१८ को १२ औँ स्थान कायम राखेको छ भने अष्ट्रेलिया चाहिँ १६ बाट एक स्थान माथि १५ मा आएको यूएस न्युजले जनाएको छ ।

भारतलाई भने १७ औँ शक्तिशाली मुलुक मानिएको छ । तिव्र गतिमा अघि बढिरहेको अर्थतन्त्र र सैन्य क्षमताका कारण पनि भारत एसियाको शक्तिशाली राष्ट्रमा पर्दछ । त्यस्तै सांस्कृतिक क्षेत्रमा पनि भारतको ठूलो प्रभाव रहँदै आएको छ । जस्तै विश्वभरमा भारतले जति अन्य कुनै देशले फिल्म निर्माण गर्ने गरेको छैन भने बलिउडको व्यापकतालाई पनि विशाल मानिन्छ । तरपनि अघिल्लो वर्ष १५ औँ मा रहेको भारत यसपटक भने दुई स्थान तल झरेको हो । त्यस्तै पाकिस्तानले चाहिँ २२ औँ स्थान कायम राखेको छ । यता कतार २४ औँ मा रहेको छ । त्यस्तै टर्की १६ मा, सिंगापूर २० औँ मा , नर्वे २७ औँ मा, डेनमार्क २८ औँ मा र फिनल्यान्ड ४० औँ मा रहेका छन् ।

About राजेश दुलाल

View all posts by राजेश दुलाल →

Leave a Reply

Your email address will not be published. Required fields are marked *