नेपालमा साँस्कृतिक क्रान्ति आबश्यक छ : सरल सहयात्री

 

नेपाल कम्युनिस्ट पाटीका  प्रतिभाशाली युवा नेता, जनसाँस्कृतिक महासंघका अध्यक्ष एवम् कवि तथा उपन्यासकार सरल सहयात्री सँग ग्लोबल खबर डट कम ले गरेको संवादको सम्पादित अंश :

शिखरको ढुङ्गा उपन्यास लिएर आउनु भएको छ कस्तो अनुभुती भैरहेको छ ?

यो मेरो तेस्रो कृती हो । क्रान्तिका कथाहरु नामक कथा संग्रह र छापामार को गित कविता संग्रह यस अघि प्रकाशित भैसकेको छ । साहित्यिक कर्म मेरो जिबनको थप अनुभव हो । शिखर को ढुंगा विशेष गरि सगरमाथा आरोहण लाई आधार बनाउदै जनयुद्धका घटनाहरुलाई समेत सँगै लिएर, जनयुद्वको औचित्य साबित गर्न प्रयत्न गरिएको उपन्यास हो । स्वभाविक मेरो फरक कृति को रुपमा सगरमाथाको ढुङ्गा बजारमा आउँदा खुसी नै लागेको छ ।

उपन्यास ले दिने खास सन्देश के हो ?

उपन्यास लाई दुई तिन वटा आधार बाट सिर्जना गर्न प्रयत्न गरिएको छ । पहिलो जनयुद्धका योद्धाहरु सदा सार्थक जिबनको खोजी गर्ने कोशिष गरिरहेका छन भन्न खोजेको छ पुस्तक ले । जनयुद्धमा ज्यानको बाजी लगाएर जति पनि योद्धाहरुले लडेका थिए, ति योद्धाहरु त्यतिकै बस्न चाहदैनन् । जिवन यतिकै ब्यतित गर्न चाहदैनन् । कुनै न कुनै नयाँ कर्म , सार्थक कर्म गर्न चाहान्छन । र त्यो सार्थक कर्मको खोजी गरिराख्नु पर्छ भन्ने यसको सन्देश हो । जसका लागी नयाँ कर्म को चुनौती मोल्न तयार हुनुपर्छ भन्ने यसको थप सन्देश हो । त्यसैगरी नेपाल को हिमालय क्षेत्रमा शेर्पाहरुले जति दुख गरिरहेका छ्न त्यो दुखलाई सरकारले वास्तबमा नै नेपाल सरकार ले औपचारिक ढंगले कयौँ बर्ष सम्म चिनेकै थिएन । हिमाली दुख र पिडा को बारेमा कलमहरु पनि एकदमै कम चलेका छन । हेर्दाखेरी मनोरम लाग्ने हिमाली क्षेत्र मा काम गर्ने श्रमिक हरुको दुखलाइ सबै सामु सम्म परिचय गराउने अर्को उद्देश्य हो । साथै नेपाल को पर्यटन प्रबर्द्धनको निमित्त र खुम्बु क्षेत्र र सगरमाथा को बारेमा जानकारी दिने पुस्तक हो ।

तपाईं लाई मन पर्ने लेखक र पुस्तक कुन हो ?

म सबैभन्दा प्रभावित भएको त निकोलाइ आस्त्रोभस्की को कष्टपुर्ण जिवन बाट हो । वहाँको जिवन लाइ कष्टपुर्ण भन्न पनि डर लाग्छ मलाइ । किन भने त्यही कष्टलाइ सबैसामु उर्जा साबित गरिदिनु भयो । युद्दमोर्चा मा घाइते भएर पक्षघात हुँदापनि केवल आवाज को सहारा मा अग्निदिक्षा जस्तो जिवन्त साहित्य सृजना गरेर आफुलाइ नयाँ सिपाहिको रुपमा अग्निदिक्षा जस्तो शसक्त हतियार बोकेर मोर्चा उत्रीए । निर्बिकल्प आस्त्रोभस्की र अग्निदिक्षा मैले पढेका साहित्य मध्यको राम्रो लाग्छ।

नेपाली साहित्य र राजनीतिको अन्तरसम्बन्ध कस्तो छ ?

यो सम्बन्ध एकदमै अप्ठ्यारो खालको छ । नेपालमा जति पनि साहित्यिक क्षेत्रमा निरन्तर लागिरहेका ब्यक्तित्वहरु छन् उनिहरु ले स्वभाविक साधना मा आफ्नो जीवन गर्ने प्रयत्न गर्छन । सही चिन्तन मा डुब्नेहरु को अर्को जिन्दगी हुन कठिन छ । सत्यको खोज गर्नु निकै ठुलो त्याग गर्न तयार हुनु हो । बिषयमा डुबेरै मात्र सत्य अन्बेषण सम्भव छ । साहित्य सृजना र चिन्तनशील प्रतिभा लाइ राजनीतिले उच्च सम्मानका साथ संरक्षण गरेर अबलम्बन गर्नुपर्ने हो । हामी कहाँ त्यो चाही संस्कार नै छैन । जुन मुलुकमा भक्तजन प्रति ठुलो सम्मान गर्ने संस्कार हाबि हुन्छ त्यहाँ सत्यबादी खोजकर्ता चिन्तकको सदा अपमान भैरहन्छ । नेपालको पछिल्लो राजनीतिक उपलब्धि सकारात्मक भएपनि राजनीतिक चिन्तनको क्षेत्र चाहिँ डरलाग्दो तरिका ले ओरालो लागीरहेको छ । परिणाम त: आम समाजलाई नयाँ मार्गमा हिँडाउने गरि राजनीति ले चेतनाको क्षेत्रमा दरिलो काम गर्न सकेको छैन । अहिलेपनि राजनीतिक क्षेत्रले साहित्यिक क्षेत्रलाई बुझ्ने भनेको हल्का टिप्पणीमा सिमित छ । यो क्षेत्र अलि भावनात्मक क्षेत्र हो भनेर पन्छिने बाहेक योजनाबद्द संस्कृति मै चेन्ज ल्याउने गरि सोचिएको छैन । तर सकारात्मक विकल्प चाहिँ के हो भने साहित्य र चिन्तनको क्षेत्र जसले यो समाज लाइ प्रगतिशील ढंगले अघि बढाउन सदा महत्त्वपूर्ण भुमिका खेलेको हुन्छ । त्यतिकै भुमिका पछाडी धकेल्न पनि खेलिरहेको हुन्छ । त्यसैले राजनीतिले साहित्य र चिन्तन को क्षेत्रमा लागेकाहरु सँग निकै  प्राथमिकता पुर्वक सहकार्य गर्नुपर्छ । अझ अभिन्न कर्मको रूपमा अंगिकार गरेर प्रगतिशील साहित्यिक चिन्तन लाइ राजनितीमा समावेश गर्दा मात्रै राजनीतिले सहि मार्ग पहिल्याउन सक्छ ।

तपाईंको जिन्दगीका तीन आयामहरु – एउटा साधारण ब्यक्तिबाट समाज परिवर्तनको अभियानमा जोडिनु भयो त्यसपछि यो साहित्यिक धारमा बढिरहनु भएको छ यी फरकफरक आयामहरुमा के पाउनु भयो के गुमाउनु भयो जस्तो लाग्छ ?

जिन्दगीको सामान्य अवस्थामा त मान्छेले के बन्छ भन्ने कुरा खासै अनुमान गर्न सक्दैन किशोर हुँदै गर्दा म सँग केही विकल्पहरु थिए । आर्मीमा भर्ना भएर जागीर खाने, ब्यबसाय गर्ने, वा पढाइलाई निरन्तरता दिने । सबै विकल्प बाट थप अर्को बिकल्प जनयुद्ध वाला खतरापुर्ण राजनीतिक मार्ग रोजे । त्यो मेरो आत्मनिर्णय थियो । जसको आधार मेरो औंलो समाउदैं राजनीतिमा बाल संगठनमा नै समाबेश गराउने मेरो ठुल्दाजु हुनुहुन्थ्यो । मैले मेरो सर्कलका धेरै साथीहरू समाजको परम्परागत दुर्व्यशनिमा फसिरहेका देखेको थिए। त्यो भन्दा राम्रो समाजमा केहि काम गरेर मर्नु राम्रो हो ठानेर जनयुद्धमा सहभागी भए । एउटा कुरा चाहिँ मेरो जिवन को सत्य के हो भने म कुनै चिज प्राप्तिका लागि कर्म गरिरहेको छैन कर्म गर्दै जाँदा जे प्राप्ति हुन्छ त्यसैलाई मैले स्वीकार गरेको छु । जनयुद्धको सैन्य क्षेत्र, त्यसपछिको चुनावी प्रक्रियाको राजनीतिक मोर्चा र अहिलेको यो साहित्यिक मोर्चा सबै मेरो अन्तर्मनका अभिव्यक्ति हुन् र यसलाई मैले उपयुक्त समयमा व्यक्त गरेको छु । यस अभिब्यक्ति बाट जुन प्रतिफल आएको छ मैले त्यसलाई स्वभाविक रूपमा स्वीकार गरेको छु ।

जनयुद्धले समाजमा जुन परिवर्तन ल्यायो त्यो मात्रै पर्याप्त भएन भनेर तपाई बेला बेलामा साँस्कृतिक क्रान्तिको कुरा गर्नुहुन्छ यसको आवश्यकता परेकै हो त ?

सांस्कृतिक क्रान्ति निरन्तर क्रान्ति हो । यो बिल्कुलै सदा आवश्यक पर्ने बिषय हो । राजनीतिक आन्दोलन एउटा पक्ष हो त्यसले ठुला ठुला विद्रोह सिर्जना गरेर अघि बड्छ र समाजमा ठुला परिवर्तन पनि ल्याउँछ । जनयुद्ध र जनआन्दोलनले पनि त्यो परिवर्तन पुरा गर्यो ।

यही अवस्थामा चिनमा १९४९ मा माओले जनयुद्ध सफलता पुर्वक सम्पन्न गरिसकेपछि राजनीतिक सत्तामा जे परिवर्तन आयो तर साँस्कृतिक चेतमा परिवर्तन आउन सकेन । फेरि करिव दुइ दशक पछि साँस्कृतिक क्रान्तिको सुरु भयो । त्यसले तत्कालीन चिनको सामाजिक क्षेत्रमा जुन मनोविज्ञान थियो त्यसलाई परिवर्तन गर्न धेरै ठुलो सफलता हासिल गर्यो । नेपालमा पनि त्यो आवश्यकता छ ,खड्किसकेको छ । चिनकै मोडलमा हुनु पर्छ भन्ने केही छैन । तर अहिले नेपालमा चरम उपभोक्तावाद ले गाँजेको छ । हामी कुनै चाडपर्व आयो भने पर्वको मान्यता भन्दापनी देखाउनकै लागि बढी अभिप्रेरित हुन्छौं । हामीलाई कुनै आम्दानी नभए पनि उपभोगको चिन्तन सबैभन्दा बढी छ । पुजिँवादको सबभन्दा चरम कुरा पनि यही हो । चरित्र अनुसार पुँजीवाद ले सामानको बढी उत्पादन गर्छ। र त्यसलाई उपभोक्तामा पुर्याउन उपभोक्तावादी चिन्तनको विकास गर्छ। जुन उत्तर आधुनिकतावादको रुपमा हामी सामु छ । यसले समाजमा जरा गाडेको छ । अहिले जसलाई हामी राष्ट्रवाद भनेर गफ दिइरहेका छौ । राष्ट्रवाद हामी सिमानामा मात्रै हेरिरहेका छौ । विदेशी भुमि र नेपालको भुमिको ग्यापलाइ मात्रै राष्ट्रवाद भनिरहेका छौ । राष्ट्रवाद हाम्रो घर घरबाट खोसिँदै छ, बच्चा बच्चाबाट खोसिँदै, छ मनोविज्ञानबाट खोसिँदै छ, हामीले खाने खानाबाट खोसिदै छ । जसलाई परिवर्तन गर्न साँस्कृतिक अभियानको आवश्यकता छ । अझ नेपालमा त साँस्कृतिक अभियान भन्नासाथ सामान्य जनतामा त गित संगीत मात्रै भन्ने बुझाइ छ । गित संगीत एउटा माध्यम हो तर आम रूपमा जनताको दिमाग मा छिरेको उत्तर आधुनिकताबाद को अदृस्य बिषय उतार्न त्यो चेत आवश्यक छ । बिद्यालयमा, बालबालिकाहरुमा, अहिले चलिरहेका पर्वहरुमा जहाँ जहाँ पुँजिवाद हावी भएको छ त्यसको परिवर्तनको लागि चाहिँ साँस्कृतिक आन्दोलनको जरुरी छ ।

जनयुद्धले समाजमा एउटा परिवर्तन ल्यायो र अब नयाँ ढंगले अघि बढ्नुपर्छ भनेर यदाकदा समुहहरु छरपस्ट भएको देखिन्छ नेपालमा फेरि विद्रोहको सम्भावना बढेको हो ?

यो विद्रोह भन्नेकुरा चाहिँ पटक पटक भैरहने कुरा होइन ।जनयुद्धले नेपालको सत्तामा परिवर्तन ल्याएको कुरा त जगजाहेर नै छ । तर सत्तामा परिवर्तन ल्याए पनि चिन्तनमा परिवर्तन ल्याउन चाहिँ सकेन।  चिन्तनमा परिवर्तन ल्याउन चाहिँ गाह्रो छ । अब त्यो विद्रोह कस्तो हुन्छ म भन्न सक्दिन तर देशमा अर्को एउटा साँस्कृतिक अभियान, अध्ययनको अभियान, चिन्तनको अभियान आफुले आफैलाइ परिवर्तन गर्ने अभियान चाहिँ जरुरी छ ।

तपाई नेकपा को जिम्मेवार नेता पनि हुनुहुन्छ पार्टी एकताको हलो कहाँ अड्किएको छ ?

यो चाहिँ विशेषगरी मुख्य जिम्मेवारीमा भएका कारण दुइ जना अध्यक्षले नै लिनुपर्छ । उहाँहरूलाई आफुबिना संसार हल्लिँदैन भन्ने परेको होला । वहाँ हरुलाइ परेपछी उहाँहरु भन्दा तलका हरुलाइ पनि आफु बिना केही हुँदैन भन्ने पर्ने नै भयो । हुदा हुदा ब्यक्तिबाद अर्थात मन्द सामन्तवादी चिन्तनका शिकार हामी सबै भएका छौं । अध्यक्ष द्वय , सचिवालय र स्थायि  कमिटीले प्रदेश स्तरका समिति निर्माण गरिसकेपछि बाँकी तल्लो तहका काम तिनीहरुलाई नै छाड्दिए हुने हो । तर जिल्ला समितिको सदस्य को राख्ने भनेर पार्टी अध्यक्षहरुले चिन्ह लगाउनपर्ने भएपछि यो एकता रोकिएको छ । हिजो केन्द्रीकृत राज्यसत्ता भयो र समग्रतामा न्याय भएन भनेर संघीयता निर्माण गरेको तर हाम्रो चिन्तन चाहिँ संघीयतावादी छैन । केन्द्रीकृत नै छ ।  सामन्तवादी नै छ । मैले नगरेसम्म केही पनि हुँदैन भन्ने परेको छ त्यसकारण पार्टी एकता अड्किएको छ

About राजेश दुलाल

View all posts by राजेश दुलाल →

Leave a Reply

Your email address will not be published. Required fields are marked *