मन्त्री अधिकारीको श्रद्धाञ्जली कार्यक्रम  बिहान ८ बजे हुने

काठमाडौं – शव  पहिचान र पोष्टमार्टममा ढिलाइ भएपछि दिवंगत मन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको श्रद्धाञ्जली कार्यक्रम सरेको छ । चिकित्सकले पोष्टमार्टम रिपोर्ट आउन केही समय विलम्ब भएपछि शुक्रबार बिहान ८ बजेदेखि ११ बजेसम्म सैनिक मञ्च टुँडिखेलमा हुने प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले जानकारी दिए ।

नेकपाका अनुसार श्रद्धाञ्जलीका लागि राष्ट्रपति विद्या भण्डारीसमेत सैनिक मञ्च आउने कार्यक्रम छ । मन्त्री अधिकारीको शुक्रबार नै गृहनगर पोखरामा दाहसंस्कार गरिने नेकपाले बताएको छ । बुधबार ताप्लेजुङ, फुङलिङ नगरपालिका– १०, सिस्नेभीरमा भएको एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको निधन भएको थियो ।

About राजेश दुलाल

View all posts by राजेश दुलाल →

Leave a Reply

Your email address will not be published. Required fields are marked *